8 years ago
July 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बन खेपिरहेको नेपाल क्रिकेट संघ (क्यान) को प्रस्तावित विधानमा लगभग सहमति जुटेको छ । आइसिसी प्रतिनिधि मण्डल र क्रिकेट विवाद समाधानका लागि गठित सल्लाहकार समितिको शनिबार दिउँसो ३ बजेपछि झन्डै तीन घन्टा राजधानीको एक पाँचतारे होटलमा चलेको बैठकमा सहमति जुटेको श्रोतले बताएको छ ।
आइसिसीको प्रतिनिधि मण्डल क्रिकेट विवाद समाधानका लागि गठित सल्लाकार समितिको शनिबार राजधानीमा भएको बैठकका सहभागी । तस्बिरः समितिका सदस्य रोहित दाहालको फेसबुकबाट
सल्लाकार समितिले तयार पारेर झन्डै दुई महिनाअघि आइसिसीमा पठाएको क्यानको प्रस्तावित विधानमा समिति भित्रै एकमत हुन नसकेपछि थप छलफलका लागि आइसिसी प्रतिनिधि मण्डल शुक्रबार काठमाडौं आएको थियो । ‘प्रस्तावित विधानमा धेरै विषयमा सहमति थियो । त्यसमा केही असहमति र फरकमत थिए’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट समितिको सदस्यमा रहेका रोहित दाहालले भने,‘मुख्यतः तीनै विवादित विषयमा छलफल केन्द्रित भयो र एकहद सम्म सहमति बनेको छ ।’
आइसीसीका उपाध्यक्ष इमरान ख्वाजा र फाइनान्स मेनेजर अमर शेखको उपस्थिति भएको बैठकमा सल्लाहकार समितिका ८ मध्ये ६ जनाको उपस्थिति थियो । समितिका सल्लाकार मध्येका एक विनयराज पाण्डे, राखेपका प्रेस सल्लाकार दाहाल,निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, राखेपबाट तदर्थ क्यानको महासचिव पवन अग्रवाल र युवा तथा खेलकुद मन्त्रालयले तत्कालिन समयमा तोकेका सह सचिव चुडामणी पौडेल बैठकमा उपस्थित थिए । समितिका अर्का सल्लाकार बसन्त चौधरी अस्वस्थताका कारण बैठकमा उपस्थित भएनन् भने अर्का सदस्य दीपक कोइराला लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका छन् ।
क्यानको साधारण सभामा भाग लिने प्रतिनिधि संख्याका विषयमा समितिमा मुख्य विवाद थियो । निर्वाचित क्यानका प्रतिनिधिले राखेको प्रस्ताव बमोजिम नै संख्यामा सहमति भएपछि अब क्यानको साधारण सभामा ६० जनाको सहभागिता रहने श्रोतले बताएको छ । हरेक जिल्लाबाट अब १ जना प्रनिनिधिले भाग लिने पाउने गरि सहमति बनेको छ । त्यस्तै प्रदेशबाट २ जिल्ला बराबर १ प्रतिनिधि तथा विभिन्न तीन उपसमितिका समान १ एक जना गरि ६० जनाको साधारण सभामा उपस्थिति ग्यारेन्टी गरिएको बताइएको छ ।
क्यानको सदस्य जिल्ला ३८ बाट ३८, ७ प्रदेशको प्रतिनिधित्व हुने गरि प्रत्येक २ जिल्लाबाट १ जनाको दरले १९ जना तथा अम्पायर, प्रशिक्षक र पूर्व खेलाडी समितिबाट एक एक गरि ३ जनाले साधारण सभाको मताधिकार प्राप्त गर्ने सहमति भएको छ । श्रोतका अनुसार प्रतिनिधिको संख्यामा १/२ तलमाथि हुन सक्छ ।
आइसिसीमा पठाएको विधानमा हरेक दुई जिल्लाबाट १ जनाको प्रतिनिधित्व हुने थियो । त्यसमा निर्वाचित क्यानका प्रतिनिधिले फरकमत राखेका थिए । संख्या बढाउने पर्ने निर्वाचित क्यानको प्रस्तावमा सहमति जुटेको छ । निर्वाचित समितिकै अर्को प्रस्ताव निर्वाचित कार्यसमिति, तदर्थ समिति र सल्लाकार समितिलाई पनि साधारण सभामा भाग लिन दिनु पर्ने प्रस्तावमा भने सहमति जुट्न सकेन । अहिले विवादमा रहेका कुनै पनि व्यक्तिले स्वतः साधारण सभामा भाग लिन नपाउने भएका छन् ।
क्यानको प्रस्तावित विधान भने अहिलेकै विधमान साधारण सभाले पास गर्नु पर्ने र त्यसका लागि समितिका अध्यक्ष चन्द र महासचिव प्याकुरेललाई एक महिनाको समय तोकिएको श्रोतले बताएको छ । ‘क्यानको प्रस्तावित विधानलाई निर्वाचित क्यानले विशेष साधारण सभा बोलाएर पास गराउनु पर्नेछ ’ श्रोतले भन्यो, ‘त्यो विधान पास हुन सकेन भने त्यो नेपालका लागि दुर्भाग्य हुनेछ र हामी अर्को विवादको भुमरीमा पर्न सक्छौं । त्यसपछि आइसिसीले हामीले नसोचेको कदम चाल्न सक्छ ।’
क्यानको केन्द्रिय कार्यसमितिकिो संख्या १७ सदस्यीय हुनेछ । विशेष साधारण सभाले क्यानको विधान पास गरेपछि जतिसक्दो छिटोको क्यानको निर्वाचन गर्नेमा बैठकमा सहमति भएको बताइएको छ । निर्वाचनका लागि ५ सदस्यीय समिति बन्ने र समितिमा रहनेले क्यानको निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने पनि बैठकमा सहमति भएको बताइएको छ ।
सल्लाहकार समितिसँग बैठक बस्नुअघि आइसिसीको प्रतिनिधि मण्डलले निर्वाचत क्यानका प्रतिनिधिलाई भेट गरेको थियो।
शनिबार भएको सहमतिलाई गोप्य राख्ने र आइसिसी प्रतिनिधि मण्डलले सहमतिलाई आइतबार प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गर्ने सम्भावना रहेको बताइएको छ ।
क्यानको दोहोरो संरचना खडा भएपनि गत बर्षको सुरुआतमा आइसिसीले क्यानलाई निलम्बन गरेको थियो । पछि विवाद समाधानका लागि भन्दै आइसीसीले नेपाल सरकारको सहमतिमा सरोकारवालाहरुलाई समावेश गर्दै ८ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]