8 years ago
July 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को प्रस्तावित विधानका विषयमा थप छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को दुई सदस्यीय टोली काठमाडौं आइपुगेको छ । आइसीसीका उपाध्यक्ष इमरान ख्वाजा र फाइनान्स मेनेजर अमर शेख शुक्रबार राजधानी आइपुगका हुन् ।
आइसीसीका प्रतिनिधि र नेपालको क्रिकेट समाधानका लागि गठन भएको सल्लाहकार समितिबीच शनिबार दिउँसो छलफल हुने बताइएको छ । सल्लाकार समितिले फरक मतसहितलाई समावेश गर्दै दुई महिना अघि आइसिसीलाई क्यानको प्रस्तावित विधान पठाएको थियो । क्यानको निर्वाचित समितिका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेलले फरकमत राखेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको तदर्थ समितिका महासचिव एवंम् सल्लाकार समितिका सदस्य पवन अग्रवालले मुख्यतः दुई विषयमा फरक मत रहेको र भोलीको बैठकमा तीनै विषयमा छलफल हुने विश्वास व्यक्त गरे ।
मुख्यतः क्यानको साधारण सभामा हुने प्रतिनिधित्व तथा क्यानको निर्वाचन कसले गराउने भन्ने विषयमा अलग अलग मत छन् । हरेक प्रदेशबाट ३ जना प्रतिनिधित्व साधारण सभामा हुनु पर्ने भन्ने प्रस्तावमा संयोजक मध्येका एक विनयराज पाण्डेलगायत सहमत छन् भने निर्वाचित समितिहरु हरेक जिल्लाबाट कम्तीमा १ जनाको प्रतिनिधित्व हुनु पर्ने अडानमा छन् ।
त्यस्तै चन्द, प्याकुरेलको समूह निर्वाचित कार्यसमितिका सदस्य साधारण सभामा भाग लिन पाउनु पर्ने र त्यो साधारण सभा आफुहरुले नै गर्न पाउनुपर्नेमा अडानमा रहेको तदर्थ समितिका महासचिव अग्रवालले बताए । अग्रवालले भने,‘त्यहि समितिले साधारण सभा गर्दा फरक के भयो र । हाम्रो भनाई स्वतन्त्र निकायले निर्वाचन गराउने र त्यसमा प्रदेशका प्रतिनिधिले मतदात गर्न पाउनुपर्दछ ।’
निर्वाचित समितिका उपाध्यक्ष दिवाकर घलेले संयोजक पाण्डेले दुई जिल्लाको एक प्रतिनिधिले साधारण सभामा भाग लिने प्रस्ताव मान्न नसकिने बताए । ‘क्रिकेट लामो समयदेखि विवादमा छ । यसलाई मिलाएर जान संक्रमणकालमा केही खुकुलो बनाइनुपर्दछ ’ घलेले भने, ‘जिल्लाबाट कम्तीमा एक जना आउनुपर्दछ । हाम्रो प्रस्ताव निर्वाचित समिति, तदर्थसमिति, सल्लाहकार समिति सबैले साधारण सभामा भाग लिन पाउने व्यवस्था गरौं भन्ने हो ।’
क्यानको कार्यसमिति १७ सदस्यीय बनाउने लगायत अन्य अधिकांश विषयमा भने सहमति रहेको अग्रवालले जानकारी दिए । उनले क्यानको कार्यसमितिमा आफुले भने ११ सदस्यीय प्रस्ताव गरेको अग्रवालले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । क्यानको दोहोरो संरचना खडा भएपनि गत बर्षको सुरुआतमा आइसिसीले क्यानलाई निलम्बन गरेको थियो । पछि विवाद समाधानका लागि भन्दै आइसीसीले नेपाल सरकारको सहमतिमा सरोकारवालाहरुलाई समावेश गर्दै ८ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]