9 years ago
November 16, 2015
कार्तिक ३० गते, काठमाडौं ।
आज भएको विश्व क्रिकेट लिगको पहिलो खेलमा नेपालले पिएनजि सँग २ विकेटले पराजाय बेहोरेको छ । नेपालको लागि सुबास खकुरेल र शरद भेश्वाकरले अर्धशतक प्रहर गरेपनी जितको पर्याप्त भएन ।
टस जितेपछी पहिला ब्याट्टिङ गर्ने निर्णय गरेको नेपालको लागि सुरुवातनै निराशजनक भयो, पहिलो बल मानै अनिल मन्डल एलबिडब्लुका सिकार भएका थिए । नेपालका लागि अर्का ओपनर सुबाशले १०४ बलमा ६२ रन र शरदले ८२ बलमा ७८ रन बनाएका थिए । सागर पुनले १०, ज्ञानेन्द्र मल्लले २३, पारसले ६, सोमपालले ८, मेहबुब आलमले ३, बसन्त रेग्मिले २४ र शक्ती गौचनले १ रन बनाए । १६ अतरिक्त रन पाएको नेपालले पचास ओभरमा ८ विकेट गुमाउदै २३२ रन बनायो ।
२३४को लक्ष्य लिएर ब्यट्टिङमा उत्रेको पिएनजिका लागि भालाले ८२ रन बनाएर जित सुनिश्चित गरे, उन्ले ३ विकेट पनि लिएका थिए । नेपालको लागि पारस र आलमले २-२ विकेट लिएका थिए भने सोमपाल,शक्ती र सागरले १-१ विकेट लिएका थिए ।
पिएनजिले ४९.३ ओभरमा ८ विकेट गुमाउदै जित हासिल गरेको थियो । आज नेपालको लागि मेहबुब आलम र इर्शद अहेमद्ले लिस्ट एमा डेब्यु गरेका थिए ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]
April 9, 2025
एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ। यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]