8 years ago
July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गरेको छ। नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६.५ ओभर खेल्दै १ सय ४६ रनमा अलआउट भयो।
पहिलो विकेटका लागि सिंगापुरको सुरुवाती जोडीले ४० रनको साझेदारी गरेका थिए। १२औं ओभरमा कप्तान सन्दिप लामिछानेले पछिल्लो खेलमा मलेसिया विरुद्ध शतक प्रहार गरेका रोहन रंगराजनलाई २३ रनको स्थितिमा आफ्नै बलमा क्याचआउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए। दोश्रो विकेटका लागि ३६ रनको साझेदारी गरेको सिंगापुरले त्यसपछि भने नियमित विकेट गुमाएको थियो।
ओपनर सन् अग्रवालले २१ रन र सिधान्त सिंहले २५ रन बनाएर टोलीलाई अगाडी बढाएका थिए। तर किशोर महतोले अग्रवाललाई एलबीडब्लु धरापमा परेपछि सिंगापुर संकटमा पारेको थियो। तल्लो क्रमका ब्याट्सम्यान हंशुल दीप सिंघनियाले ३० बलमा २ छक्का र १ चौकाको मद्दतले ३२ रन जोडेर सिंगापुरलाई लक्ष्यनजिक पुर्याएका थिए। जितबाट ३० रन टाढा हुँदा उनि सन्दिप लामिछानेको बलमा एलबीडब्लु आउट भए।
त्यसपछि अर्यमन सुनिल १ रनमा रनआउट र युवराज सिंह १९ रन बनाउँदै किशोर महतोको बलमा क्याचआउट भएपछि सिंगापुरको जित हात पार्ने सम्भावना कम भएको थियो। सन्दिपले खेलको ४६औं ओभरमा अंश भार्गभलाई १ रनमा बोल्ड गरेका थिए। पवन शर्राफले ४७औं ओभरमा बिर बिक्रम विस्वासरेलाई क्याच आउट गराएसँगै नेपालको जित पक्का भएको थियो। सिंगापुरले आफ्नो अन्तिम ५ विकेट ७ रनको अन्तरमा गुमाएको थियो।
नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट लिए भने किशोर महतो र पवन शर्रफले २ विकेट हात पारे। दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए।
त्यसअघी पहिलो इनिङमा मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपालको तर्फबाट प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले १ सय ६८ रन बनाएको थियो। ४६.५ ओभर खेलेको नेपालले आफ्नो सबै विकेट गुमाएको थियो। दिपेन्द्रले ८३ बल खेल्दै २ चौका र २ छक्काको मद्दतले ५४ रन बनाए। उनि बिर बिक्रम विश्वासरेको बलमा लामो सट खेल्ने प्रयासमा कभरमा रहेका रोहन रंगराजनबाट क्याच आउट भएका थिए। प्रकाश केसी २३ले २३ रनको योगदान दिएका थिए।
विगतको खेलको तुलनामा ब्याटिङ क्रम परिवर्तन गरेको नेपालका लागि सन्दिप सुनार र अनिल शाह पारीको सुरुवात गर्न आएका थिए। पारीको तेश्रो ओभरमै नयाँ ओपनर अनिल शाह ७ रनको व्यक्तिगत स्कोर बनाउँदै आर्यमान सुनिलको बलमा फाइन लेगको दिशामा क्याच आउट भए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका प्रनित थापा अंश भार्गभको बलमा ८ रन जोड्दै कट बिहाइन्ड भए।
पछिल्ला खेलमा ओपनरको भूमिका निर्वाह गरेका आसिफ शेख ३ रनमा बोल्ड भए। टोलीको योगफल ३९ रन छंदा उनि आहान गोपीनाथले फ्याँकेको १२औं ओभरमा बोल्ड भएका थिए। २०औं ओभरमा सन्दिप सुनार पनि आहानकै बलमा कट बिहाइन्ड भए। उनले ५५ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतले २६ रन जोडेका थिए। रोहित कुमार पौडेल १५ रन जोड्दै कभरको दिशामा क्याच आउट भएका थिए भने पवन शर्राफ पनि २ रनमा पेभेलियन फर्किए। कप्तान सन्दिप ५ रन जोड्दै रन आउट भएका थिए।
सिंगापुरका लागि विश्वासरेले ३ विकेट लिए भने आहान र आर्यमानको नाममा २/२ विकेट रह्यो। अंश भार्गभ र रोहनले पनि १/१ विकेट बाँडे।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]