default_image

8 years ago

July 21, 2017

नेपाल टस जितेर पहिलो ब्याटिङ गर्दै

93 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ।

नेपालले सुरुवाती ३ खेलमा टस जितेर फिल्डिङ रोज्दै आएको थियो। पछिल्लो खेलमा अफगानिस्तान विरुद्ध ४९ रनमा अलआउट भएको नेपालले १ सय ४१ रनको पराजय भोगेको थियो। त्यसअघिका खेलमा भने नेपालले सिंगापुरलाई ४ विकेट र मलेसियालाई  ५ विकेटले पराजित गरेको थियो।

यस खेलका लागि प्रशिक्षक दासले २ परिवर्तन गरेका छन्। आदील खानको स्थानमा प्रकाश केसी टोलीमा फर्किएका छन् भने साहब आलमको स्थानमा ललित नारायण राजवंशीले मौका पाएका छन्।

मलेसिया विरुद्धको टोली:
१. सन्दिप लामिछाने
२. दिपेन्द्र सिंह ऐरी
३. अनिल कुमार साह
४. प्रकाश केसी (विकेट किपर)
५. पवन शर्राफ
६. रोहित कुमार पौडेल
७. आसिफ शेख
८. ललित नारायण राजबंशी
९. प्रनित थापा मगर
१०. सन्दिप सुनार
११. किशोर महतो

प्लेइङ ११ मा नपरेका:
१२. साहब आलम
१३. रिजन ढकाल
१४. आदील खान

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.