default_image

7 years ago

July 20, 2017

अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको लक्ष्य दियो

95 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गतको तेश्रो खेलमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले नेपालसामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। अफगानिस्तानले ४९.४ ओभर खेल्दै १० विकेटको क्षतिमा १ सय ९० रन जोडेको हो।

टस जितेर नेपालले प्रतियोगितामा लगातार तेश्रो पटक फिल्डिङ रोजेको थियो। तर अफगानिस्तानका ओपनरहरुले सम्हालिएर खेल्दै राम्रो सुरुवात दिलाए। इब्राहिम जद्रान ४३ रनको व्यक्तिगत स्कोरमा कट बिहाइन्ड भएपछि नेपालले पहिलो सफलता पाएको थियो। साहब आलमको बलमा आउट हुनुअघि उनले नविद ओबेदसँग मिलेर पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए। ओपनर नविद ३३ रन जोड्दै पवन शर्राफको बलिङमा उनैबाट क्याच आउट भए।

त्यसपछि नियमित विकेट गुमाएको अफगानिस्तानका लागि मध्यक्रममा तारिक स्तानिकजाइले २७ रन, इमरान मोहमदीले १८ रन र दार्विस रसुलीले १४ रन जोडे। अफगानिस्तानका नविद उल हकले अन्तिममा २० रन जोड्दै अफगानिस्तानको योगफल अझ बढाएका थिए। नेपालको लागि साहबआलमले ३ विकेट लिए भने कप्तान सन्दिप लामिछाने र पवन शर्राफको नाममा २/२ विकेट रह्यो। किशोर महतो र दिपेन्द्र सिंह ऐरीले पनि १/१ विकेट बाँडे।

January 14, 2025

एपिएफको जितमा ममता र इन्दुको अर्धशतक

धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको‌ पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले‌ हरायो‌। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]

January 14, 2025

पुलिसका कुशलको अविजित अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]

January 14, 2025

पिएसएलमा विक्री भएनन् नेपाली खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई‌ लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]

Success

Thank you for your time.