8 years ago
July 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपाली टोलीले भोलि तेश्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ। भोलीको खेल जारी प्रतियोगितामा सुरुवाती २ खेल जितेका अफगानिस्तान र नेपालबीच अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लडाईं पनि हो।
खेलको पूर्वसन्ध्यामा नेपाली टोलीका प्रशिक्षक बिनोद दासले नेपाली टोली अफगानिस्तान विरुद्ध निडर भएर मैदानमा उत्रने बताएका छन्। ‘अफगानिस्तान यस प्रतियोगिताको दाबेदार टोली हो। त्यसैले हामी निडर भएर मैदानमा उत्रनेछौँ। हामी आफ्नो तर्फबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने लक्ष्य लिएर मैदानमा उत्रनेछौँ।’
उनले अफगानिस्तान राम्रो टोली भएपनि नेपाली टोली एकतृत भएर त्यसको सामना गर्ने बताए। ‘अफगानिस्तान निकै राम्रो टोली हो। उनीहरु सबै क्षेत्रमा राम्रो प्रदर्शन गरिरहेका छन्। तर अगाडिको खेलमा जस्तो भएपनि भोली मैदानमा राम्रो प्रदर्शन गर्ने टोलीले जित हात पर्ने हो। हामी आफ्नो तर्फबाट राम्रो प्रदर्शन दिएर उनीहरुलाई दबाबमा राख्ने प्रयास गर्नेछौं।’
पहिलाको तुलनामा अहिलेको टोलीमा मनोबल थप बलियो रहेको प्रशिक्षक दासले बताए। ‘पहिलाको टोलीभन्दा अहिलेको टोलीमा खेलप्रतिको मनोभावना बढी छ। प्रत्यक खेलाडीले टोलीका लागि योगदान दिएर अगाडी बढेको छ। एकतृत भएर अगाडी बढेको हाम्रो टोलीले कसैलाई पनि हराउने क्षमता राख्दछ। हामी निडर भएर खेल्छौं र जुन नतिजा आउँछ त्यसलाई सहर्ष स्वीकार्नेछौँ।’
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]