default_image

8 years ago

July 18, 2017

मलेसियाद्वारा नेपाललाई ५९ रनको लक्ष्य

98 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको दोश्रो खेलमा मलेसियाले नेपाललाई ५९ रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया सानो स्कोरमा समेटिएको थियो।

मलेसियाले २५.५ ओभरमा अलआउट हुनुपूर्व ५८ रन मात्र जोड्न सक्यो। ओपनर मोहमद अमिर शुकोरलाई पहिलो ओभरमै शुन्यमा गुमाएको मलेसियाले दोश्रो विकेट भने १२औं ओभरमा गुमाएको थियो। सन्दिप लामिछाने र पवन शर्राफको स्पेल सुरु भएदेखि मलेसियाले लगातार विकेट गुमाएको थियो।

सन्दीपले आफ्नो पहिलो ओभरमा ओपनर सफिउल्लाह मलिकलाई ८ रनको स्थितिमा आउट गरेका थिए। पवनले भने आफ्नो पहिलो ओभरमै २ विकेट हात परेका थिए। नेपालका कप्तान सन्दिपले ४१ बल खेलेर ९ रन बनाएका मलेसियाका कप्तान विरानदिप सिंहको विकेट लिएपछि मलेसिया थप संकटमा परेको थियो। सर्ट लेगमा अनिल शाहद्वारा क्याच आउट भएका विरानदिप पेभेलियन फर्किंदा मलेसिया २६/५को दयनीय स्थितिमा पुगेको थियो।

मलेसियाका लागि ११औं नम्बरमा ब्याटिङ गर्न आएका हैकल खेरले सर्वाधिक ९ रन जोडेका थिए मलेसियाका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन नसक्दा ३ ब्याट्सम्यानले आफ्नो रनको खाता खोल्न सकेका थिएनन्।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ८.५ ओभरमा १७ रन खर्चेर ५ विकेट लिएका थिए भने पवन शर्राफले ३ ओभरमा ९ रन दिंदै ३ विकेट हात पारे। सन्दिप सुनार र किशोर महतोले १/१ विकेट बाँडेका थिए।

March 29, 2025

ललितले जिते २ वटामोटरसाइकल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]

March 29, 2025

ललित पिएम कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]

March 29, 2025

नेपाली युवा टोलीद्वारा सिरिज क्लिन स्विप

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]

Success

Thank you for your time.