8 years ago
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। टस जितेर फिल्डीङ रोजेको नेपालले सिंगापुरलाई २९ ओभरमा ७३ रनको सानो योगफलमा अलआउट गर्न सफल रहेको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ७४ रनको लक्ष्य ६ विकेटको क्षतिमा १७.३ ओभर खेल्दै पुरा गरेको थियो।
सिंगापुरलाई ७३ रनमा अलआउट पार्ने क्रममा ५ विकेट लिएका नेपालका कप्तान सन्दिप लामिछाने खेलको म्यान अफ द म्याच भए। उनले ८ ओभर बलिङ गर्दै २ मेडनसहित २१ रन खर्चेका थिए।
खेलको १२औं तथा व्यक्तिगत तेश्रो ओभरमा उनले ओपनर सन् अग्रवाललाई सन्दिप सुनारको हातबाट क्याच गराउँदै पहिलो विकेट हात पारेका थिए। त्यसपछिको ओभरमा उनले सिधान्तलाई एलबीडब्लु धरापमा पारेका थिए। खेलको १६औं ओभरमा उनले हन्सुल दिपलाई कट-बिहाईन्ड र आर्यमन सुनिललाई बोल्ड गर्दै पेभेलियन फर्काए। सन्दिपले १८औं ओभरमा कप्तान जनक प्रकाशको विकेट लिंदै सिंगापुरलाई २६/७को स्थितिमा पुर्याएका थिए।
खेलको म्यान अफ द म्याच घोषित सन्दिपको अष्ट्रेलियाका पूर्व-कप्तान माइकल क्लार्कले पनि प्रशंसा गरेका छन्। खेलका दौरान नेपाली समर्थकले क्लार्कलाई मेन्सन गर्दै सन्दिपले राम्रो प्रदर्शन गरिरहेको बताएका थिए। खेल सकिएलगत्तै क्लार्कले ट्वीटरमार्फत नै आफु सन्दिपको प्रदर्शन देखेर आश्चर्य मान्नुपर्ने विषय नरहेको र उनले सन्दिप स्टार खेलाडी भएको बताए।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]