8 years ago
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। सिंगापुरले प्रस्तुत गरेको ७४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १७.३ ओभर खेल्दै पुरा गरेको थियो।
सानो लक्ष्य पछ्याएको नेपालको लागि ओपनर सन्दिप सुनार र आसिफ शेखले ठुलो योगदान दिन सकेनन। आसिफ ४ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए भने सन्दिपले १ रनमात्र बनाए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरी पनि २ रनको निजी स्कोरमा एलबीडब्लु भए। प्रनित थापा मगरले ३ चौका प्रहार गर्दै लयमा देखिएको संकेत दिएपनि २३ रन बनाउँदै बोल्ड भए।
मध्यक्रमका ब्याट्सम्यान अनिल साहले १९ र प्रकाश केसीले ६ रनको योगदान दिए। नेपालका लागि रोहित कुमार पौडेल ११ रन र पवन शर्राफ ४ रनमा अविजित रहेका थिए। पवनले चौका प्रहार गर्दै नेपालको योगफल ७७ रन पुर्याउँदै जित पक्का गरेका थिए। सिंगापुरका आर्यमान सुनिल र गोपीनाथ अचरले २/२ विकेट लिए भने रोहन रंगराजन र अंश भार्गभले १/१ विकेट बाँडे।
यसअघी टस जितेर फिल्डीङ रोजेको नेपालले सिंगापुरलाई ७३ रनमा अलआउट गरेको थियो। कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २१ खर्चेर ५ विकेट लिए। सिंगापुरका लागि ब्रिगु ऐरले सर्वाधिक ४२ र ओपनर सन अग्रवालले ११ रन बाहेक अन्य कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्। सिंगापुरका ३ ब्याट्सम्यान खातानखोली पेभेलियन फर्केका थिए। सिंगापुरले ८ रन एक्स्ट्रा मार्फत पाएको थियो।
४ रनको स्थितिमा पहिलो विकेट गुमाएको सिंगापुरको दोश्रो विकेटका लागि सन अग्रवाल र युवराज सिंहले ३६ बलसम्म सम्हालिएर खेलेका थिए। बलिङ अट्याकमा स्पिनरहरुको आगमन भएसँगै सिंगापुरको पतन सुरु भएको थियो। तल्लोक्रममा आएका ब्रिगु ऐरले आक्रामक ब्याटिङ गर्दै सिंगापुरको स्कोर उकासेका थिए। एक समय २६/७को स्थितिमा रहेको सिंगापुरलाई ब्रिगुको ६ चौका र १ छक्का सँगै बनाएको ४२ रनले ठुलो राहत दिएको थियो। नेपाली टोलीका लागि स्पिनर साहब आलमले ३ विकेट लिएका थिए भने किशोर महतोले २ विकेट लिए।
January 14, 2025
धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले हरायो। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]
January 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]