default_image

8 years ago

July 17, 2017

सिंगापुरद्वारा नेपालसामु ७४ रनको लक्ष्य प्रस्तुत

95 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत टस जितेर फिल्डीङ रोजेको नेपालले सिंगापुरलाई ७३ रनमा अलआउट गरेको छ। कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २१ खर्चेर ५ विकेट लिए।

फाइल तस्बिर

सिंगापुरका लागि ब्रिगु ऐरले सर्वाधिक ४२ र ओपनर सन अग्रवालले ११ रन बाहेक अन्य कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्। सिंगापुरका ३ ब्याट्सम्यान खातानखोली पेभेलियन फर्केका थिए। सिंगापुरले ८ रन एक्स्ट्रा मार्फत पाएको थियो।

पहिलो स्पेलमा पेस बलर किशोर महतोले ५ ओभरमा ३ मेडन सहित ६ रन खर्चेर १ विकेट लिएका थिए भने रोहित पौडेलले ५ ओभरमा १ मेडनसहित ८ रनमात्र खर्चेका थिए। ४ रनको स्थितिमा पहिलो विकेट गुमाएको सिंगापुरको दोश्रो विकेटका लागि सन अग्रवाल र युवराज सिंहले ३६ बलसम्म सम्हालिएर खेलेका थिए। बलिङ अट्याकमा स्पिनरहरुको आगमन भएसँगै सिंगापुरको पतन सुरु भएको थियो। तल्लोक्रममा आएका ब्रिगु ऐरले आक्रामक ब्याटिङ गर्दै सिंगापुरको स्कोर उकासेका थिए। एक समय २६/७को स्थितिमा रहेको सिंगापुरलाई ब्रिगुको ६ चौका र १ छक्का सँगै बनाएको ४२ रनले ठुलो राहत दिएको थियो।

नेपाली टोलीका लागि स्पिनर साहब आलमले ३ विकेट लिएका थिए भने किशोर महतोले २ विकेट लिए।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.