8 years ago
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप २०१८को छनोट अन्तर्गत नेपालले सोमबार हुने पहिलो खेलमा आयोजक राष्ट्र सिंगापुरको सामना गर्दैछ। नेपालको खेल भोली बिहान नेपाली समयानुसार ७:१५ बजे सुरु हुनेछ।
४ टोलीको सहभगिता रहने प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान, मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोबिनमा खेलिने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगामी २०१८ जनवरीमा हुने विश्वकप खेल्नेछ।
नेपाली टोली भारतमा रहेर केहि साता प्रशिक्षण एवं अभ्यास खेलमा सहभागी भएर विश्वकप छनोटमा सहभागी हुन सिंगापुर पुगिसकेको छ। १४ सदस्यीय टोलीको कप्तान सन्दिप लामिछाने रहेका छन्। टोलीको मुख्य प्रशिक्षक बिनोद दास रहेका छन्। रमण शिवाकोटी टोली व्यवस्थापक र दिनेश भट्ट टोली फिजियो छन्।
छनोटमा परेका अन्तिम १४ खेलाडी:
१. सन्दिप लामिछाने
२. अनिल कुमार साह
३. किशोर महतो
४. दिपेन्द्र सिंह ऐरी
५. आदील खान
६. प्रकाश केसी
७. पवन शर्राफ
८. रोहित कुमार पौडेल
९. रिजन ढकाल
१०. प्रनित थापा मगर
११. साहब आलम
१२. ललित नारायण राजबंशी
१३. आशिफ शेख
१४. सन्दिप सुनार
वैकल्पिक खेलाडीहरु:
१. सन्दिप जोरा
२. विक्रम कुमार भुसाल
३. रसिद खान
४. सुशान्त सिंह थापा
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]