9 years ago
November 14, 2015
टि.यु. क्रिकेट मैदानमा आज खेलिएको क्यान एघार र नेपाल टुरमा रहेको एम.सी.सी. बिचको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ|
टश जितेर पहिला ब्याटिंग रोजेको क्यान एघारले प्रदिप ऐरीको अर्धशतकको मद्दतले १५१ रनको विशाल योगफल खडा गर्न सफल रह्यो| आठ चौका र दुइ छक्का प्रहर गरेका ऐरीले ३४ बलमा ५६ रन बनाएका थिए| यसबाहेक मन्जित श्रेष्ठले २५(२०) र कप्तान राजेश पुलामी २२(२१) ले पनि मध्यक्रममा राम्रो योगदान दिए| नौ बलमा १७ रन बनाउदैं सोनु तामाङ्गले पनि अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरे| एम.सी.सी का लागि एलेक्स सेन्नेक, माइकल कोल्स, एलेक्स मक्कुईन्, निल डेक्स्तर र ग्रेग होल्म्सले एक एक विकेट लिए|
जवाफी ब्याटिंगमा उत्रेको एम.सी.सी.ले राम्रो सुरुवात गर्यो| ग्रेग होल्म्स र जोर्ज डायरले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे| ११औं ओभरमा आउट हुनुपूर्व डायरले ३५ बलमा पाँच चौका र एक छक्काको मद्दतले ४१ रन बनाए| अर्का ओपनर ग्रेग होल्म्स ३८ बलमा ५७ रन बनाउदैं रन आउट हुन पुगे| आशिष पोख्रेलको थ्रोमा अँ आउट हुनु अघि उनले नौ चौका प्रहार गरे| एक बल बाँकी हुदा लक्ष्य प्राप्त गरेको एम.सी.सीक लागि स्टर्म गरिन ले २४(२६) रन योगदान गर्नुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्| नेपालका लागि रुपेश श्रीवास्तब, सोनु तामाङ्ग र प्रदिप ऐरीले एक-एक विकेट लिए|
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]
April 9, 2025
एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ। यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]