8 years ago
July 10, 2017
किङ्सटन (एजेन्सी)– भारतविरुद्धको एक दिवसिय श्रृखंला गुमाएको वेस्ट इन्डिजले टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ९ विकेटको सानदार जित हासिल गरेको छ । १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले इभिन लेविसको सानदार अविजित शतकको मद्दतमा ९ बलअघि नै १ सय ९४ जोडेर एक मात्र टि ट्वान्टी क्रिकेटमा भारतमाथि जित दर्ता गरेको थियो ।
ओपनर लेविसले पहिलो विकेटका लागि क्रिस गेलसँग ८२ र दोस्रो विकेटका लागि मार्लोन सामुइल्ससँग १ सय १२ रनको अविजित साझेदारी गरेका थिए । माात्र ६२ बल खेलेका लेविसले १२ छक्का र ६ चौकाको मद्दतमा अविजित १ सय २५ रन बनाएका थिए । उनी खेलको म्यान अफ दी म्याच बने ।
सामुइल्सले २९ बलमा ५ चौका र १ छक्काका साथ अविजित ३६ रन जोडे । त्यसअघि गेलले २० बलमा १ चौका र १ छक्काका साथ १८ रन बटुले । भारतका लागि एक मात्र विकेट कुलदिप यादवले लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० बनाएको थियो । टोलीमा कुनै पनि खेलाडीले अर्धशतक पुरा गर्न सकेनन् । सबैभन्दा बढी दिनेश कार्तिकले ४८ रन जोडे । उनले २९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । ओपनर समेत रहेका कप्तान विराट कोहलीले पहिलो विकेटका लागि शिखर धवनसँग ६४ रनको साझेदारीगरेका थिए ।
कोहली २२ बलमा ७ चौका र १ छक्काका साथ ३९ तथा धवन १२ बलमा ५ चौकासहित २३ रन बनाए । रिसब पन्तले ३५ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ३८ रन जोडे । रविन्द्र जडेजा १३ र रविचन्द्रन आश्विन ११ रनमा अविजित रहे । पूर्व कप्तान महेन्द्रसिंह धोनीले २ र केदार जादवले ४ रन मात्र बनाउन सके । वेस्ट इन्डिजका जेरोमी टेलर र किसऋक विलियम्सले समान २ तथा सामुइल्सले १ विकेट लिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]