8 years ago
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– भारत भ्रमणमा रहेको नेपाली युवा क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको छ । नेपाली टोलीले आइतबार ग्रेटर नोयडाको आरपी सिंह क्रिकेट एकेडेमीलाई ६० रनले पराजित गरेको हो ।
दिल्ली ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४५.२ ओभरमा सबै विकेट गुमाउदै १ सय ७६ रन बनाएको थियो । १ सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीविरुद्ध नेपाली युवा टोलीले कसिलो बलिङ गरेको थियो । जसका कारण घरेलु टोली ३२.५ ओभरमा १ सय १६ रनमा सिमित भयो ।
नेपाली युवा बलर पवन शराफ र सहाब आलामले समान ३ विकेट लिए । त्यस्तै सन्दिप लामिछानेले २ रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए । आरपी सिंह किकेट एकेडेमीका लागि ओपनर उत्कर्ष सोरीले २८ रन, बबी यादवले २६ र स्पर्श जोशीले २४ रन बनाए ।
त्यसअघि नेपालका लागि ओपनर सन्दिप सुनारले ६३ बलको सामना गर्दै ४६ रन बटुले । त्यस्तै प्रनित थापा मगर ३३ रन बनाउँदै रन आउट भए । दिपेन्द्र सिंह ऐरीले ३९ रन जोडे । आरपी सिंह एकेडेमीका हर्षित सेठीले ४ विकेट लिए । आइसीसी यू १९ विश्व कप छनोटको तयारीका क्रममा विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि युवा टोली भारतको यात्रामा निस्केको थियो ।
नेपाली युवा टोलीले अघिल्ला दुवै खेल जितेको थियो । पहिलो खेलमा फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ हराएको युवा टोलीले अर्को खेलमा बुधबार गुरूग्राम स्पोर्टस क्लबलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रशिक्षणका लागि युवा टोली असार ९ गते दिल्ली पुगेको थियो । ४ राष्ट्रको सहभागिता रहने विश्व कप छनोट जुलाई १६ देखि २५ सम्म सिंगापुरमा हुनेछ । नेपालसहित छनोटमा अफगानिस्तान, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । डवल राउण्ड रोविन लिगपछि छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । यू १९ विश्व कप २०१८को जनवरीमा न्युजिल्यान्डमा हुनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]