8 years ago
July 7, 2017
किङ्सटन (एजेन्सी)– भारतले वेस्ट इन्डिजाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको ३–१ ले जितेको छ । श्रृखंलाको पाँचौं तथा अन्तिम खेल बिहीबार ८ विकेटले जित्दै भारतले श्रृखंला जितेको हो । कप्तान विराट कोहलीले अविजित शतक बनाएपछि २ सय ६ रनको लक्ष्य पछएको भारतले २ विकेटको क्षेतिमा ७९ बलअघि नै जित हासिल गरेको थियो ।
कोहली र अर्धशतक बनाएका दिनेश कार्तिकले तेस्रो विकेटका लागि अविजित १ सय २२ रनको साझेदारी गर्दै टोलीको जित सहज बनाएका थिए । कार्तिकले ५२ बलमा ५ चौकाका साथ ५० रन बनाए ।
१ सय १५ बल खेलेका कोहलीले १२ चौका र २ छक्काको मद्दतमा १ सय ११ रन बटुले । एक दिवसिय क्रिकेटमा कोहलीको त्यो २८ औं शतक हो । त्यसअघि ओपनर शिखर धवन ४ रनमा आउट भए भने अर्का ओपनर अन्जिके रहानले ३९ रन जोडे । रहानेले दोस्रो विकेटका लागि कोहलीसँग ७९ रनको साझेदारी गरेका थिए । घरेलु टोलीका लागि अल्जारी जोसेप र देवेन्द्र विसोले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५ रनको सामान्य स्कोर खडा गरेको थियो । घरेलु टोलीका ब्याट्सम्यानमाथि भारतीय बलहरु हावी भएका थिए । मोहम्मद सामी र उमेश यादवले आपसमा ७ विकेट बाड्दै घरेलु टोलीको ब्याटिङलाइनअप ध्वस्त पारेका थिए ।
समान १० ओभर बलिङ गरेका सामीले ४ र यादवले ३ विकेट लिएका थिए । हार्दिक पाण्डेय र केदार जादवले समान १ विकेट लिए । वेस्ट इन्डिजसका लागि साही होपले ५१, कायल होपले ४६, जासन होल्डरले ३६, रोभम्यान पावलले ३१ र जासन मोहम्मदले १६ रन जोडे भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान कोहली म्यान अफ दी म्याच तथा सोही टोलीका रहाने म्यान अफ दी सिरिज घोषित भए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]