8 years ago
July 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
तस्बिर : रमन सिवाकोटी
नेपाली युथ टिमले बुधवार भएको दोस्रो अभ्यास खेलमा गुरूग्राम स्पोर्टस क्लबलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।यसअघि नेपाली युवा टिमले मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपालले फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
गौतम बुद्ध क्रिकेट मैदानमा बुधबार नेपालले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याएको गुरूग्राम स्पोर्टस क्लब २९.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै समेटियो । उसका प्रताप सिंहले २८ रन तथा आकाश सिसोदियाले १८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन नेपाली बलर सामु निकै फितलो देखिएको थियो ।
गुरूग्राम स्पोर्टस क्लबलाई सस्तैमा समेट्न नेपालका पवन सर्राफ एक्लैले चार विकेट लिए । रोहित कुमार पौडेल र विक्रम कुमार भुसालले समान दुई–दुई विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले आदिल खान र सन्दिप सुनारको अर्धशतक मद्दतमा ३ सय ३८ रनको फराकिलो योगफल तयार पारेको थियो । दुवै खेलाडीले अर्धशतक पुरा गरेको खेलमा नेपाली यु–१९ टिमले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर ३ सय ३८ रनको विशाल योगफल तयार पारेको थियो । आदिल खानले ७५ रनको महत्वपूर्ण इनिङ्स खेले । १ सय बलको सामना गरेका आदिलले २ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, ओपनर सन्दिप सुनारले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । ४७ बल खेलेका सन्दिपले ७ चौका र १ छक्का प्रहार गरे ।
मध्यक्रमका भरपर्दा ब्याट्सम्यान मानिएको दिपेन्द्र सिंह ऐरी अर्धशतक बनाउन बाट २ रनले चुके । पवन सर्राफ ४७ रन बनाएर पभेलियन फर्किए । मात्र २२ बलको सामना गरेका पवनले ३ चौका र ४ छक्का हिर्काए । प्रनित थापामगरले २८, सन्दिप लामिछानेले १७ र प्रकाश केसीले १२ रन बनाए । गुरूग्रामका मनिष राई, हिमांशु हरी, शिषपाल सिंह र प्रताप सिंहले समान दुई–दुई विकेट लिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]