default_image

8 years ago

July 4, 2017

नेपाली युवा टोली अभ्यास खेलमा विजयी

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अभ्यास खेल र विशेष प्रशिक्षणको लागि भारतको नोयडा पुगेको नेपाली राष्ट्रिय यु–१९ टोलीले पहिलो अभ्यास खेलमा जित हाँसिल गरेको छ । गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाली यु–१९ टोलीले फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो ।


नेपालले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको फ्रेन्डस् स्पोर्टस्ले ३२ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रनमात्र बनाउन सक्यो । फ्रेन्डस् स्पोर्टस् एकेडेमीका लागि मध्यक्रमका सोनु गुजारले ३६ रन बनाए । बबी यादव २४, सञ्जीव आधना र जितेन्द्र चौधरीले समान १८ रन बनाएर आउट भए ।

अरविन्द भाटी ९, आशिफ खान ७ र विकास सिंह ४ रनमा पभेलियन फर्किदा विपिन खारी र कांसिक भाटीले रनको खाता नै खोल्न सकेन । फ्रेन्डस् स्पोर्टस्लाई सस्तैमा समेट्न साहव आलम एक्लैले तीन विकेट लिए । यस्तै सन्दिप लामिछाने, रोहित पौडेलले समान २ विकेट लिदा किशोर महतो, रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली युवा टोलीले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २ सय ५० रनको योगफल तयार पारेको थियो । नेपालका लागि प्रनित थापामगर र अनिल कुमार शाहले अर्धशतकीय इनिङ्स खेले । प्रनित ८० रन तथा अनिल ५० रन बनाएर आउट भए ।

एक समय ११ ओभरमा २७ रन बनाउदा तीन विकेट गुमाएको नेपालको इनिङ्स दिपेन्द्र सिंह ऐरी र प्रनित थापामगरले सम्हाले । दिपेन्द्रसिंह अर्धशतक बनाउनबाट ६ रनले चुके । रोहित पौडेलले २३ रनमा अविजित रहे । आदिल खान १३ र सन्दिप सुनार १० रन बनाए पभेलियन फर्कदा ओपनर आशिफ शेखले रनको खाता नै खोल्न सकेनन् । फ्रेन्डस् स्पोर्टस्का सोनु गुजारले एक विकेट लिए । अभ्यास र प्रशिक्षणको लागि नेपाली टोली दुईसाता अघि नोयडा पुगेको थियो ।

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

Success

Thank you for your time.