8 years ago
July 1, 2017
एन्टिग्वा (एजेन्सी) – वेस्ट इन्डिजसँगको तेस्रो एक दिवसिय अन्तर्राष्ट्रिय खेलमा शुक्रबार ७८ रन बनाएपछि भारतीय विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी सर्वाधिक रन बनाउने विकेट किपरको दोस्रो स्थानमा उक्लेका छन् । धोनीले अष्ट्रेलियाका पूर्व विकेट किपर एडम गिलक्रिस्टलाई पछि पारेका हुन् ।
धोनीले २ सय ९४ खेल खेल्दै ५१.३१ को औसतले ९ हजार ४ सय ४२ रन बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका गिलक्रिस्टले २ सय ८२ खेलमा ३५.६४ को औसतमा ९ सय ४ सय १० रन बनाएका थिए ।
त्यस्तै ३ सय ६० खेलमा १३ हजार ३ सय ४१ रन बनाएका श्रीलंकाका कुमार संगाकारा सर्वाधिक रन बनाउने विकेट किपरको शीर्षस्थानमा छन् । संयास लिइसकेका संगाकाराले औसल ४३ भन्दा थोरै माथि छ ।
धोनी अविजित ७८ रनमा बनाउको शुक्रबारको खेलमा भारतले वेस्ट इन्डिजलाई ९३ रनले हराएको थियो । पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा भारतले २–० को अग्रता लिएको छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]