8 years ago
June 28, 2017
एजेन्सी – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अगस्टको सुरुवातमा टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन्। अघिल्लो बर्ष उनले क्रिकेट साउथ अफ्रीकालाई सन्न्यास लिने योजना सुनाएपनि क्रिकेट बोर्डले उनलाई खेल्न आग्रह गरेको थियो ।
उनले अगस्टमा नयाँ प्रशिक्षकको आगमनसँगै आफ्नो सन्यासको घोषणा गर्ने बुझिएको छ। डी भिलियर्सले टेस्टबाट सन्यास लिएपनि सन् २०१९को विश्वकपसम्म एकदिवसीय र टि-२० क्रिकेट भने खेल्नेछन् ।
डी भिलियर्ससँग निकट रहेकाहरुले भिलियर्सले कुहिनोको चोटको कारणले सन्न्यास लिनुपर्ने भएको बताएका छन् । टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि एकदिवसीय विश्वकपका लागि आफ्नो फिटनेसमा ध्यान दिन पाउने भएकाले उनले यो निर्णय लिएका हुन् ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]