default_image

8 years ago

June 28, 2017

श्रीलंकाका फास्ट बलर मालिंगा निलम्बित

74 views

0 Bookmark

कोलोम्बो (एजेन्सी) – श्रीलंका क्रिकेट बोर्डसँगको सम्झौताको सर्तहरू उल्लंघन गरेको स्वीकारेपछि फास्ट बलर लासिथ मालिंगालाई बोर्डले ६ महिना निलम्बन गर्नुका साथै उनको आउदो खेलको खेल शुल्कको ५० प्रतिशत जरिवाना तोकेको छ ।

malinga

जिम्बाब्वेसँगको खेलका लागि १३ सदस्यको टोलीमा परेका मालिंगालाई श्रीलंका क्रिकेट बोर्डले जिम्बाब्वेसँगको खेलमा भने खेल्न दिने भएको छ । जिम्बाब्वेसँगको सिरिज पछि मात्र उनिमाथिको निलम्बन लागु हुनेछ।

उनिमाथि १ बर्षको प्रतिबन्ध लगाईएपनि ६ महिनाको अवधिमा फेरी गल्ति दोहोर्याएको खण्डमा मात्र अर्को ६ महिना उनले प्रतिबन्धमा बिताउनु पर्नेछ । श्रीलंकाका खेलकुद मन्त्रिको विरुद्ध मिडियामा आफ्नो धारणा राखेपछि उनिमाथी सम्झौताको सर्तहरू उल्लंघन गरेको आरोप लगाइएको थियो । श्रीलंका क्रिकेट बोर्डसँगको सम्झौता अनुरुप कुनै खेलाडीले बोर्डसँग सहमति बिना विवादास्पद मुद्धाबारे मिडियामा आफ्नो धारणा प्रस्तुत गर्न पाइने छैन।

श्रीलंकाका खेलकुद मन्त्रि दयासिरी जयसकराले खेलाडीहरुको खराब फिटनेसनै श्रीलंकाको खराब फिल्डिङको कारण रहेको बताएका थिए । मलिंगाले एक अन्तर्वार्तामा कुनै उच्च स्तरको क्रिकेट नखेलेका मन्त्रिको आलोचनालाई गम्भीर रुपमा नलिनुपर्ने बताएपछि उनीमाथि कारबाही अघि बढाइएको थियो। मालिंगाले गल्ति स्वीकार्दै औपचारिक विज्ञप्तिमार्फत माफी पनि मागेका छन् ।

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

Success

Thank you for your time.