default_image

8 years ago

June 26, 2017

भारतको जितमा रहानेको शतक

87 views

0 Bookmark

पोर्ट अफ स्पेन (एजेन्सी)– भारतले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले हराएको छ । लगातार दोस्रो खेलमा टस जितेर वेस्ट इन्डिजले फिल्डिङको निर्णय लिएको थियो । यो जितपछि भारतले पाँच एक दिवसिय श्रृखंलामा १–० को अग्रता लिएको छ । पहिलो खेल भने बर्षाका कारण अनिर्णित भएको थियो ।

भारतीय ओपनर अन्जिके रहाने शतक पुरा गरेपछि ।

बर्षाले प्रभावित आइतबारको खेलमा ओभर घटाएर ४३ ओभरको खेल भएको थियो । पहिले ब्याटिङ गरेको भारतले ओपनर अन्जिके रहानेको शतक, अर्का ओपन शिखर धवन र कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा ५ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा २ सय ५ रन मात्र बनाउन सक्यो । टोलीका लागि एकमात्र अर्धशतक साइ होपले बनाएका थिए । ८८ बल खेलेका ओपनर होपलले ५ चौका र ३ छक्कासहित ८१ रन बनाए । रोस्टन चेजले अविजित ३३, जासन होल्डरले २९, इभिन लेविसले २१ र एस्ले नर्सले अविजित १९ रन जोडे । भारतका कुलदिप यावदले ३, भुवनेश्वर कुमारले २ र रविचन्द्रन आविश्नले १ विकेट लिए ।

त्यसअघि भारतीय ब्याट्सम्यानहरुले खुलेर ब्याटिङ गरे । रहाने र धवनले पहिलो विकेटका लागि १ सय १४ रनको साझेदारी गर्दै टोलीका लागि बलियो आधार तयार पारेका थिए । दोस्रो विकेटका लागि रहाने र कप्तान कोहीले ९७ रनको अर्को महत्वपूर्ण साझेदारी गरेका थिए ।

धवन ५९ बलमा १० चौकासहित ६३ रन बनाएका आउट भएका थिए । रहानेले १ सय ४ बल खेल्दै १० चौका र २ छक्काको मद्दतमा १ सय ३ रन जोडे । कोहली शतक बनाउनबाट १३ रनले चुके । ६६ बल खेलेका उनले ४ छक्का र त्यत्तिनै चौका प्रहार गरेका थिए ।

युवराज सिंहले १४ रन बनाए भने पूर्व कप्तान महेन्द्र सिंह धोनी र केदार जादव समान १३ रनमा अविजित रहे । घरेलु टोलीका अल्जारी जोसेपले २ तथा होल्डर, नर्स र मिग्युल कुमिन्सले समान १ विकेट लिएका थिए । भारतीय रहाने खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । तेस्रो एक दिवसिय शुक्रबार नर्थ साउन्डमा हुनेछ ।

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

Success

Thank you for your time.