8 years ago
June 24, 2017
पोर्ट अफ स्पेन (एजेन्सी)– बर्षाका कारण भारत र वेस्ट इन्डिजबीचको पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबार अनिर्णित भएको छ । खेलमा टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा ३९.३ ओभरमा १ सय ९९ रन जोड्दा बर्षाका कारण खेल रोकिएको थियो । बर्षाको कारण दुई पटक सम्म रोकिएको खेल ३९.३ ओभरपछि भने हुन सकेन ।
खेलअघि भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र पूर्व कप्तान महेन्द्रसिंह धोनी (बायाँ)।
इङ्ल्यान्डमा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएको भारत त्यसपछि वेस्ट इन्डिज यात्रामा निस्केको थियो । अनिर्णित खेलमा ओपनरद्वय अजिन्के रहाने र शिखर धवनले अर्धशतक पुरा गरेका थिए । देवेन्द्र विश्वको बलमा एलबिडब्लू आउट हुनु अघि धवनले ८७ रन जोेडेका थिए । उनले ९२ बलमा ८ चौकार २ छक्का प्रहार गरेका थिए ।
७८ बलमा ८ चौका साथ रहानेले ६२ रन बनाए । कप्तान विराट कोहली ३२ र पूर्व कप्तान महेन्द्र सिंह धोनी ४ रनमा अविजित रहँदा खेल रोकिएको थियो । युवराज सिंहले ४ रन मात्र बनाए । घरेलु टोलीका लागि देवेन्द्र,जासन होल्डर र अल्जारी जोसेपले समान १ विकेट लिए । पाँच एक दिवसिय क्रिकेट श्रृखंलाको दोस्रो खेल आइतबार हुनेछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]