default_image

9 years ago

November 6, 2015

नेपाल र हङकङबीचको दुई दिवसिय क्रिकेट बराबरी

141 views

0 Bookmark

३ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षेतिमा १ सय ५५ रन जोड्दा दोस्रो दिनको खेल समाप्त भएको थियो ।

Basanta

संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधावीमा टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्‍यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ विकेट लिए ।

जवाफमा नेपालले १ विकेटको क्षेतिमा १ सय ६ रन बनाउँदा पहिलो दिनको खेल समाप्ती भएको थियो । दोस्रो दिन नेपालले १ सय ६ मै इनिङ समाप्तीको घोषणा गरेपछि हङकङले दोस्रो इनिङ सुरु गरेको थियो ।

हङकङले दोस्रो इनिङमा ७ विकेटको क्षेतिमा २ सय ३ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेपछि नेपालले ३ सय १३ रनको लक्ष्य प्राप्त गरेको थियो । हङकङका ओपनर जामि एट्किन्सन र निजाकत खानले अर्धशतक पुरा गरे ।

राष्ट्रिय टोलीबाट दुई दिवसिय क्रिकेटमा ‘डेब्यू’ गरेका विक्रम सोबले स्मरणीय प्रदर्शन गरे । उनले एकै ओभरमा ३ विकेट लिएका थिए । कुल ७ ओभर बलिङ गरेका उनले १ मेडनसहित ३७ रन खर्चे ।

बसन्त रेग्मीले २, राष्ट्रिय टोलीबाट दुई दिवसिय क्रिकेटमा ‘डेब्यू’ इर्साद अहमद र करन केसीले १÷१ विकेट लिए ।

नेपालका लागि दोस्रो इनिङमा शरद भेषावकरले सर्वाधिक ४७, अनिल मण्डले ४४, महबुब आलमले २० र कप्तान ज्ञानेन्द्र मल्ले १२ रन बनाएका थिए ।

April 10, 2025

कुशलको सानदार प्रदर्शनमा नेपालको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]

April 10, 2025

नेपाललाई कुवेतको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]

April 9, 2025

चौथो जितपछि गुजरात शीर्षस्थानमा

एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ।‌ यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]

Success

Thank you for your time.