default_image

8 years ago

June 23, 2017

यू-१९ राष्ट्रिय क्रिकेट टोली दिल्ली प्रस्थान

92 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९विश्वकपको छनोट चरणको तयारीका लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली आज दिल्ली प्रस्थान गरेको छ।

४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोबिन लिगमा खेलिने उक्त प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सन् २०१८को जनवरीमा न्युजिल्याण्डमा हुने विश्वकपको लागि छनोट हुनेछ।

दिल्लीमा टोलीले केहि अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। आइसीसीले टोलीलाई त्यहाँ रहेर प्रशिक्षणको व्यवस्था मिलाएको हो।

केहि दिन अघि छनोट समितिले १८ सदस्यीय खेलाडीको नामावली घोषणा गरेको थियो। छनोट समितिमा आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ टोलीका मुख्य प्रशिक्षक बिनोद कुमार दास रहेका छन्।

राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, लगायतका खेलाडी १८ सदस्यीय प्रारम्भिक टोलीमा अटाएका छन्। खेलाडीसँगै टोली व्यवस्थापक रमण शिवाकोटी, प्रशिक्षक बिनोद दास, सहायक प्रशिक्षक कलाम अलि र फिजियो दिनेश भट्ट रहेका छन्।

१८ सदस्यीय खेलाडी:

१. सन्दिप लामिछाने
२. अनिल कुमार साह
३. किशोर महतो
४. सुशान्त सिंह थापा
५. विक्रम कुमार भुसाल
६. प्रकाश केसी
७. पवन शर्राफ
८. सन्दिप जोरा
९. रिजन ढकाल
१०. प्रनित थापा मगर
११. साहब आलम
१२. रसिद खान
१३. आशिफ शेख
१४. सन्दिप सुनार
१५. ललित नारायण राजबंशी
१६. रोहित कुमार पौडेल
१७. आदील खान
१८. दिपेन्द्र सिंह ऐरी

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.