8 years ago
June 19, 2017
काठमाडौँ – सोमबार उद्घाटन भएको एसियन क्लब प्रिमिएर लिग (एपिएल) टि२० क्रिकेट प्रतियोगितामा नेपालका ५ खेलाडी नेपाल स्टर्मबाट खेल्दै छन्। तीमध्ये परेश लोहनी आइकनिक खेलाडीका रुपमा टोलीमा अटाएका हुन् भने अन्य ४ खेलाडी लिलामीमा बिकेका थिए।
नेपालबाट सर्वाधिक १ लाख भारतीय रुपैयाँमा विक्री भएका भुपेन्द्र थापाले यस्तो किसिमको प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेकोले उत्साहित रहेको बताए। प्रतियोगितामा उनको सहभागिता बारेमा सोध्दा उनले आफैं दर्ता फारम भरेको जानकारी दिए। “म सन् २०१४ मा भारतको अहमदाबाद आइपिसिएल खेल्न गएको थिएँ। त्यहाँ मेरो प्रदर्शन राम्रो रहेको थियो। त्यसैकारण उतैका साथीहरुले मलाई एसियन क्लब प्रिमियर लिगको बारेमा जानकारी दिए। मैले मे महिनाको पहिलो हप्तामा फारम भरेर पठाएको थिएँ।”
उनले आफुले नेपालका अन्य खेलाडीहरुलाई पनि जानकारी दिएको र अहिले बिकेका ४ खेलाडीले पनि उनीमार्फतनै दर्ता प्रक्रिया चालेको बताए। “मैले यस प्रतियोगिता बारे नेपालका अन्तर्राष्ट्रिय खेलाडीलाई पनि भनेको थिएँ। तर लिलामीमा खेलाडी बिक्ने र दर्ता शुल्क पनि अमेरिकी डलर १ सय रहेकाले खेलाडीहरु हिच्किचाएको हुन सक्छ। नेपालमा पैसा खर्च गरेर खेल्ने बानी नरहँदा कम खेलाडीको सहभागिता रहेको हो ।”
उनले यस प्रतियोगितालाई एक अवसरको रुपमा लिएको बताए। “मलाई राष्ट्रिय टिममा पर्नको लागि यो प्रतियोगिता फाइदाजनक हुने विश्वास लिएको छु। मैले यस प्रतियोगिताको लागि दुई हप्ताको प्रशिक्षण गरेको छु। सायद मेरो प्रदर्शन पनि राम्रै रहन्छ होला।”
उनले यस प्रतियोगिताको बारेमा कहींबाट कुनै दवाव नआएको पनि खुलाए। उनले आफ्नो लिलामिको बारेमा भने पत्रपत्रिका पढेरै थाहा पाएको जानकारी दिए।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]