8 years ago
June 19, 2017
काठमाडौँ – आज बाट किर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने भनिएको एसियन क्लब प्रिमिएर लिग टि-२० (एपिएल टि-२०) तयारी पुरा नभएका कारण सुरु हुन सकेन। दिनको २ बजे खेल सुरु हुने र १ बजे उद्घाटन कार्यक्रम गरिने भनिएपनि खेल भने हुनसकेन।
सामान्यतया खेलको १ घण्टा अगाडीबाट खेलाडीहरु मैदानमा वार्म अप गरिरहेका हुन्थे तर टि.यू. मैदानमा भने आज १ बजे खेलाडीहरु अनुपस्थित थिए र व्यवस्थापन पक्ष मैदानलाई तयार गर्न व्यस्त थियो। उद्घाटनको लागि खेलमैदानको भित्रै उत्तरपट्टिको भागमा स्टेज तयार पारिएको थियो। दिनको २:३० बजे टोलीहरुको आगमनपछि ३ बजे उद्घाटन सत्र सुरु भयो। तर, उद्घाटन समारोहमा सबै टोलीका कप्तान हरु उपस्थित रहेका थिएनन्। कुनै टोलीका कप्तान त कुनैका मेन्टर उद्घाटनमा सामेल भए।
दुवै टोली उद्घाटन सकिएको केहि समयपछि मैदानमा उत्रियो। अम्पायरहरु पनि पिच तर्फ गए तर खेलमा टस हुन सकेन। धेरै समयको विश्रामपछि आयोजकले समय अभावको कारण देखाउँदै खेल स्थगित गरेको जानकारी दियो। नेपाल स्टर्म र दुबई वारियार्सबीच हुने भनिएको खेल अब अरु दिनको लागि सारिएको छ। प्रतियोगिताका अन्य खेल पुरानै तालिका अनुसार चल्ने आयोजक अध्यक्ष डान्डीवालले दिए।
नेपाल स्टर्म टोलीबाट नेपालका ५ खेलाडी खेल्ने भएका छन्। यद्दपी परेश लोहनीले भने आजको खेल चोटका कारण गुमाउने भएका थिए। भुपेन्द्र थापा, सिद्धान्त राज शाही, अमर सिंह राउटेला र राजबिर सिंहले नेपालको प्रतिनिधित्व गर्दैछन्।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]