8 years ago
June 18, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत फाइनल खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई फाइनलमा १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले प्रतियोगिताको उपाधि जितेको छ।
टस जितेर पाकिस्तानलाई पहिलो ब्याटिङको निम्तो दिएको भारतले राम्रो सुरुवात गर्न सकेन। ओपनर फखर जमानले शतक बनाएपछि पाकिस्तानले ३ सय ३८ रनको योगफल खडा गरेको थियो। जमानले १ सय ६ बलमा १ सय १४ रन्को उत्कृष्ट पारी खेलेका थिए। उनलाई अर्का ओपनर अजहर अलिले ५९ रन जोड्दै साथ् दिएका थिए। मध्यक्रममा मोहम्मद हफिजले अविजित ५७ रन जोडेपछि पाकिस्तानले बलियो स्कोर बनाएको थियो। बबर आजमले ४६ रन जोड्दा इमाद वासिमले अविजित २५ रन बनाए। भारतका लागि भुवनेश्वर कुमार, केदार जाधाव र हार्दिक पाण्ड्याले १/१ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको भारत १ सय ५८ रनमा अलआउट भएको थियो। ३०.३ ओभर ब्याटिङ गरेको भारतको लागि हार्दिक पाण्ड्याले सर्वाधिक ७६ रन जोडेका थिए। ओपनर रोहित शर्मा मोहमद अमिरको पहिलो ओभरमै शुन्यमा पेभेलियन फर्केसँगै भारतको पतन सुरु भएको थियो। कप्तान विराट कोहली ५ रनमा आउट हुँदा धोनीले ४ रनमात्र जोड्न सके। शिखर धवनले २१ रन र युवराज सिंहले २२ रन बनाएका थिए।
पाकिस्तानका लागि मोहमद आमिर र हसन अलिले ३/३ विकेट लिएका थिए।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]