8 years ago
June 15, 2017
एजेन्सी – साविक विजेता भारत बंगलादेशलाई ९ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको सेमिफाइनल खेलमा रोहित शर्माले शतकीय पारी खेलेपछि भारतले जित हात पारेको थियो।
२ सय ६५ रनको लक्ष्य पछ्याएको भारतले ४०.१ ओभरमा जित हात पारेको थियो। ओपनरद्वय शिखर धवन र रोहित शर्माले भारतलाई ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। धवन ४६ रन बनाउदै पेभेलियन फर्केपछि कप्तान कोहली ब्याटिङमा आएका थिए। कोहली र रोहितले दोश्रो विकेटको लागि अविजित १ सय ७८ रनको साझेदारी गर्दै भारतलाई ९ विकेटको जित दिलाए। रोहितले १ सय २९ बलको सामना गर्दै १५ चौका र १ छक्काको मद्दतले १ सय २३ रन बनाएका थिए। कोहलीले १३ चौका प्रहार गर्दै ७८ बलमा ९६ रन जोडे।
यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशले ओपनर सौम्य सरकारलाई शुन्यमा गुमाएको थियो। तेश्रो विकेटका लागि तामिम इकबाल र मुश्फिकर रहिमले १२३ रनको साझेदारी गरेपछि बंगलादेशले सम्मानजनक योगफल खडा गरेको थियो। ओपनर इकबालले ७० रन बनाउदा मुश्फिकरले ६१ रनको योगदान दिए कप्तान मसरफे मोरताजाले अन्त्यमा ३३ रनको आक्रामक पारि खेलेपछि बंगलादेशले २ सय ६४ रनको योगफल तयार पारेको थियो। भारतका लागि भुवनेश्वर कुमार, केदार जाधव र जस्प्रित बुमराहले २/२ विकेट लिए।
भारतले उपाधिको लागि पाकिस्तानको सामना गर्नेछ। फाइनल खेल आइतबार नेपाली समयानुसार दिनको ३:१५ बजे सुरु हुनेछ।
December 26, 2024
सुनिल गाउँले, सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठै जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ । जनकपुरले बिहीवार फेसबुक पेज मार्फत ‘ट्रफी परेड’ को जानकारी दिएको हो । शुक्रवार सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिवार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ […]
December 26, 2024
सुनिल गाउँले,सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्सका आसिफ शेख र दोस्रो भएको सुदूरपश्चिम रोयल्सका आरिफ शेखलाई बिहीवार सम्मान गरिएको छ । वीरगन्ज महानगरपालिका १० को कार्यालयले जनही ५१ हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । वीरगन्जका आशिफ र आरिफ दाजुभाइ हुन् । सम्मान कार्यक्रममा वडाध्यक्ष सुशीलकुमार कानुले एनपिएलमा उत्कृष्ट प्रदर्शन […]
December 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफीको पहिलो संस्करणमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष ४ (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टोलीको सहभागिता रहनेछ । राष्ट्रिय टोलीका कप्तान रोहित प्रधानमन्त्री कपमा आर्मी […]