9 years ago
November 5, 2015
भ्रष्टाचारको मुद्दा खेपिरहेका क्यानका पदाधिकारीलाई विशेष अदालतले सफाई दिएको छ|
गत वर्ष जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष लिम्बूसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । क्यानका तत्कालिन अध्यक्ष टंक आङबुहाङ लिम्बूसहित १८ जनालाई विशेष अदालतले वुधवार सफाई फैसला गरेको हो ।
क्यानवाट बर्खास्त गरिएका पदाधिकारी विशेषको निर्णयपछि पुन: पदमा फर्कन सक्ने अवस्था सृजना भएको छ| अख्तियारले भ्रष्टाचारको आरोपमा अध्यक्ष सहित अन्य पदाधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले सवै पदाधिकारी र अध्यक्षको संलग्नतामा कुनै पनि रकम हिनामिना नभएको देखिएको भन्दै सफाई दिने निर्णय सुनाएको हो ।
अख्तियारले क्यानका अध्यक्ष लिम्बूसहित उपाध्यक्षहरू विनोदकुमार मैनाली र सुनिलमान अमात्य, कोषाध्यक्ष राजबाबु श्रेष्ठ, सचिव ठाकुरप्रसाद पहाडी, आर्थिक समितिका संयोजक चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर अरुण उपाध्याय र सदस्यहरू अशोकनाथ प्याकुरेल, पूर्ण लामा, किरणशमशेर राणा, ठाकुरप्रताप थापाको संलग्नता रहेको आरोपपत्र दायर गरेको थियो ।
यसैगरी अख्तियारले निजी कम्पनीतर्फ गौरा कन्स्ट्रक्सनका सञ्चालक सूर्य अधिकारी, खड्का कन्स्ट्रक्सनका सञ्चालक राजकुमार खड्का, आर कोमल कन्स्ट्रक्सनका रामशरण देउजा, नवनिर्माण कम्पनीका कृष्णप्रसाद पाण्डे, नेपाल कन्स्ट्रक्सन एन्ड डेभलपमेन्टका सञ्चालक पवन पाठक, डिजाइन सेल आर्किटेक्ट्सका निर्देशक उमेशमान श्रेष्ठ र सिफन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर छविलाल अधिकारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]
April 9, 2025
एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ। यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]