default_image

8 years ago

June 15, 2017

अनिरुद्रलाई एक्सपर्ट स्कुल क्रिकेट लिग उपाधि

90 views

0 Bookmark

मनोरञ्जन शर्मा
भैरहवा– कञ्चनपुरको अनिरुद्र उच्च माविले एक्सपर्ट स्कुल क्रिकेट लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको न्यू होराइजन उच्च माविलाई ४ विकेटले हराउँदै अनिरुद्रले उपाधि जितेको हो । टोलीले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

उपाधिका साथ कञ्चनपुरको अनिरुद्र उच्च माविका खेलाडी ।

सिद्धार्थ रंगशाला भैरहवामा बिहीबार ७२ रनको सामान्य लक्ष्य पछ्याएको अनिरुद्रले १६. ४ बलमा ६ विकेटको क्षेतीमा पुरा गरेको थियो । टोलीका लागि साजन गौतमले सर्वाधिक १८ रन र अशोक बिष्टले १७ रन बनाए । न्यू होराइजनका कुशल मल्लले ३ विकेट तथा सन्देश पाण्डे, प्रकाश गिरी र सन्दिप पाण्डेले समान १ विकेट लिएका थिए ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले १९.२ बलमा सबै विकेट गुमाई ७१ रनको सामान्य योगफल तयार पारेको थियो । टोलीको लागि विशाल खत्रीले सर्वाधिक १९, प्रकाश गिरीले १३ र मौसम खाम्चाले ११ रन बनाए । होराइजनलाई सस्तैमा समेट्ने क्रममा अनिरुद्रका अरबिन्द ऐर र भुवन पालले समान २ , अशोक बिष्ट, रविन साउद र पारस केसीले समान १ विकेट लिएका थिए । अनिरुद्रका अरबिन्द ऐर म्यान अफ द फाइनल घोषित भए ।

न्यू होराइजनका कुशल मल्ल प्रतियोगिताको म्यान अफ द सिरीज र उत्कृष्ट ब्याट्सम्यान घोषित भए । सोही स्कुलका सन्देश पाण्डेले उत्कृष्ट बलर तथा अनिरुद्रका पारस केसी उत्कृष्ट फिल्डर चुनिए । विजेता तथा उप बिजेता टोलीका खेलाडीलाई रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका प्रबन्ध निर्देशक रोशन कंडेल, प्रतियोगिता निर्देशक सुभाष प्रधान लगायत पुरस्कृत गरेका थिए ।

हिमालयन क्रिकेट एमेडेमीको आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देही, चितवन, तनहु, काठमाण्डौ, कैलाली र कञ्चनपुर गरी ६ जिल्लाका बिद्यालय सहभागी थिए ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.