8 years ago
June 15, 2017
एजेन्सी – घरेलु टोली इङल्याण्डलाई ८ विकेटले पराजित गर्दै पाकिस्तान आइसीसी च्याम्पियन्स ट्रफीकको फाइनलमा पुगेको छ।
पाकिस्तानी बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो ब्याटिङको निम्तो पाएको इङल्याण्ड सामान्य योगफलमै सिमित भएको थियो। ४९.५ ओभरमा सबै विकेट गुमाएको घरेलु टोलीले २ सय ११ रन जोडेको थियो। ओपनर जोनी बेयरस्टोले ४३ रन जोडे भने जो रुटले सर्वाधिक ४६ रन बनाए। कप्तान ओइन मोर्गनले ३३ रनको योगदान दिंदा बेन स्टोक्सले बिना कुनै बाउण्ड्री ३४ रन जोडे। तल्लो क्रमका ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा इङल्याण्डले सोचेजस्तो अन्त्य गर्न सकेन।
पाकिस्तानका लागि म्यान अफ द म्याच घोषित हसन अलिले १० ओभरमा ३५ रनमात्र खर्चेर ३ विकेट लिएका थिए। जुनेद खान र रुमान रइसले २/२ विकेट लिंदा शादाव खानको नाममा १ विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २ सय १२ रनको लक्ष्य ३७.१ ओभरमै पुरा गर्यो। ओपनरद्वय अजहर अली र फखार जमानले १ सय १८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। फखारले ५७ रन जोडे भने अजहरले ७६ रनको पारी खेले। पाकिस्तानका लागि बाबर आजम ३८ र मोहम्मद हफिज ३१ रनमा अविजित रहे।
फाइनलमा पाकिस्तानको भेट भारत र बंगलादेशको खेलको विजेतासँग हुनेछ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]