default_image

8 years ago

June 13, 2017

एपिएलमा ४ नेपाली खेलाडी, परेश आइकन खेलाडी

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना राजधानीमा हुने एसियन प्रिमियर लिग (एपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा ४ नेपाली खेलाडी विक्री भएका छन् ।

सोमबार राजधानीमा भएको अक्सनमा नेपाली खेलाडीमध्ये भूपेन्द्र सबैभन्दा बढी १ लाख ६० हजार रुपैयाँमा विक्रि भएका छन् । त्यस्तै सिद्धान्तराज शाही १ लाख १२ हजार रुपैयाँ, अमरसिंह रउटेला र राजवीर सिंह समान ९६ हजार रुपैयाँमा विक्री भएको बताइएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहिसकेका परेश लोहनी भने आइकन खेलाडीका रुपमा रहेको अल्टिमेट स्पोट्स म्यानेजमेन्टका प्रमुख आर्रस धन्डीवालले बताएका छन् । चारै नेपाली खेलाडी नेपाल स्टोर्म क्लबबाट खेल्ने छन् ।

६ टोलीको सहभागितामा एपिएल असार ६ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल स्टोर्मको कप्तान युनाइटेड अरब इमिरेट्स (युएइ) का स्वप्निल पाटिल रहेका छन् । नेपाल स्टोर्मको स्वामित्व न्यूजिल्यान्डको इन्कोर इन्फ्रास्ट्रक्चर कम्पीका म्याच लिएमले लिएको सोमबार अक्सनका क्रममा जानकारी दिइएको थियो ।

सोमबार अक्सन चलिरहँदा क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) ले भने एपिएलको आयोजनाले स्थानिय खेलाडी र नेपाली क्रिकेटको विकासमा कुनै फाइदा नपुग्ने र आयोजनाको पारदर्शीतामाथि नै प्रश्न गरेको थियो ।

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

Success

Thank you for your time.