8 years ago
June 12, 2017
मनोरञ्जन शर्मा
भैरहवा – कञ्चनपुरको अनिरुद्र उच्च मावि यहाँ जारी एक्सपर्ट क्रिकेट च्याम्पियनसिपको स्कुल लिग प्रतियोगिता सेमिफाइनल प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा सोमबार तनहुँको सत्यवती उच्च माविलाई ६३ रनले हराउँदै समूह विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । सत्यवतीको २ खेलमा १ अंक छ । सेमिफाइनल प्रवेशका लागि अनिरुद्रले मंगलबार राजन ममोरियलको सामना गर्नेछ ।
टस जितेर ब्याटिङ गरेको अनिरुद्रले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रनको योगफल तयार पारेको थियो । टोलीका साजन गौतमले ३०, भुवन सिंह पालले २३ र रविन साउदले २० रन बनाए । सत्यवतीका सुशिल गिरीले २ र रुपक बरालले १ विकेट लिए ।
१ सय ३१ रनको लक्ष्य पछ्याएको सत्यवती १९.३ ओभरमा ६७ रन मात्र बनाउन सक्यो । टोलीका बिपुल वाग्लेले १७ र रुपक बरालले १४ रन जोडे । अनिरुद्रका पारस केसीले ३ विकेट लिए । पारस क्षेत्री, रोशन साउद र भुवन सिंहले समान २ विकेट झारे । अनिरुद्रका पारस केसी म्यान अफ दी म्याच चुनिए ।
अर्को खेलमा रुपन्देहीको न्यू होराइजन उच्च माविले कैलालीको सिद्धार्थ सिशु सदनलाई ५८ रनले हरायो । टस जिटेर ब्याटिङ गरेको न्यू होराइजनले ३ विकेटको क्षेतिमा १ सय ६३ रन बनाएको थियो । टोलीका विशाल खत्रीले ४२ बलमा नटआउट ७१ रनको योगदान गरे । उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मौसम खाम्चाले ३२, प्रशान्त शर्मा २६, र विशाल बन्जाडेले १७ रन जोडे । सिद्धार्थका सौरभ हमालले २ र अमित अधिकारीले १ विकेट लिए ।
१ सय ६४ को लक्ष्य पछ्याएको सिद्धार्थ १६.२ ओभरमा अलआउट हुँदै १ सय ५ रन समेटिएको थियो । टोलीका आयुष ढकाल र सुदिप कार्कीको समान २० रन बनाउनु बाहेक अन्य खेलाडीले रन बटुल्न सकेनन् । न्यू होराइजनका सुरज श्रेष्ठले ३.२ ओभर ५ विकेट लिएर म्यान अफ म्याच घोषित भए । सन्दीप पाण्डे र प्रकाश गिरीले समान २ विकेट र कुशल मल्लले १ विकेट लिए । लगातार दोस्रो हारपछि सिद्धार्थ प्रतियोगिताबाट बाहिरिए छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]