default_image

9 years ago

November 4, 2015

दुबईमा नेपाली क्रिकेट टोलीको प्रशिक्षण [फोटोहरु]

144 views

0 Bookmark

विश्व क्रिकेट लिगतथा अन्य अन्तर्राष्ट्रिय खेलका लागि मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) गएको टोलीले बुधबार प्रशिक्षण गरेको छ|
IMG_1550
पाकिस्तान र ओमानसँग एकदिवसीय, हङकङसँग दुईदिवसीय र स्थानीय क्लबसँग एकदिवसीय खेल्ने कार्यक्रम छ। नेपालले नोभेम्बर ५-६मा हंगकंग विरुद्ध दुइदिवसिय खेल्नेछ भने नोभेम्बर ८मा पाकिस्तान संग एकदिवसीय खेल्नेछ| नेपालले दनुबे लायेंस नामक स्थानीय क्लबसंग नोभेम्बर ११मा एकदिवसीय खेल्नेछ भने ओमान विरुद्ध नोभेम्बर १४ मा एकदिवसीय खेल्ने कार्यक्रम छ|
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्ध खेलका लागि नेपालले टोली सोमबार राति घोषणा गरिएको थियो| युएईमा नोभेम्बर १६ र १८ मा होम एन्ड अवेका आधारमा हुने लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पारस खड्काको कप्तानीमा घोषित १६ सदस्यीय टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्ल छन्।
टोलीका अन्य खेलाडीमा सुवास खकुरेल, वसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, अनिल मण्डल, सोमपाल कामी, करण केसी, महेश क्षेत्री, महबुब आलम, शरद भेषावकर, पृथु बास्कोटा, इर्साद अहमद, नरेश बुढाऐर र विक्रम सोब छन्। मुख्य प्रशिक्षक पुबुदु दासानायके पपुवा न्युगिनी बिरुद्धको खेलपछि पप्रशिक्षक पदबाट मुक्त हुनेछन| यसबाहेक सहायक प्रशिक्षकमा दीपन्द्र सिंह, टिम म्यानेजरमा वसन्त सत्याल, टेक्निकल एनालिस्टमा रमन सिवाकोटी र फिजियोमा श्रील भगत छन्।
बुधबारका प्रशिक्षणको फोटोहरु तल छन्| [फोटो साभार: क्यान]
IMG_1275 IMG_1317 IMG_1368 IMG_1483 IMG_1514 IMG_1545 IMG_1556 IMG_1595 IMG_1600 IMG_1619 IMG_1648 IMG_1655 IMG_1671 IMG_1687 IMG_1711

April 10, 2025

नेपाललाई कुवेतको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]

April 9, 2025

चौथो जितपछि गुजरात शीर्षस्थानमा

एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ।‌ यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]

April 9, 2025

रुपन्देही र दाङ लुम्बिनी प्रदेश क्रिकेटको फाइनलमा

सुमन अधिकारी, बुटवल दाङ र रुपन्देही जिल्ला लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगितामा बुधवार भएको सेमिफाइनलमा दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको हो। दाङको घोराहीस्थित खेल मैदानमा भएको सेमिफाइनलमा दाङले ९२ रनको सामान्य लक्ष्य १७.५ ओभरमा ४ विकेटको क्षतिमा […]

Success

Thank you for your time.