8 years ago
June 12, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइअबर भएको खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै भारतले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रीकाले राम्रो सुरुवात पाएपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसकेपछि ४५औं ओभरमा १ सय ९१ रन जोड्दै अलआउट हुन पुग्यो। क्विन्टन डे कक् र हसिम अमलाले ७६ रनको साझेदारी गर्दै टोलीलाई सुदृढ सुरुवात दिलाएका थिए। एक समय १४०/२को स्थितमा रहेको दक्षिण अफ्रीकाले ५१ रनको अन्तरमा आफ्नो अन्तिम ८ विकेट गुमाएपछि सामान्य योगफल खडा गर्यो।
ओपनर क्विन्टन डे कक्ले सर्वाधिक ५३ रन बनाए भने हासीम अमलाले ३५ र फाफ डु प्लेसिसले ३६ रनको योगदान दिए। एबी डे भिलिएर्स १६ रनमा रनआउट हुँदा जेपी ड्युमिनी २० रनमा अविजित रहे। अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
भारतका लागि भुवनेश्वर कुमार र जस्प्रित बुमराहले २/२ विकेट लिएका थिए। रविचन्द्रन आश्विन, हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले पनि १/१ बाँडे। दक्षिण अफ्रीकाका ३ ब्याट्सम्यान रनआउट भएका थिए।
१ सय ९२ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ३८ ओभरमा लक्ष्य पुरा गर्यो। दोश्रो विकेटका लागि कप्तान विराट कोहली र शिखर धवनले १ सय २८ रनको साझेदारी गरेपछि भारतको सहज जित सम्भव भएको थियो। ओपनर रोहित शर्मा १२ रनमै पेभेलियन फर्केपछि धवनले ७८ रनको पारी खेलेर टोलीलाई अघि बढाए। कप्तान कोहली ७६ रनमा अविजित रहे भने युवराज सिंहले पनि अविजित २३ रनको योगदान दिए।
दक्षिण अफ्रिकाका लागि मोर्ने मोर्केल र इमरान ताहिरले समान १/१ विकेट लिए।
सेमिफाइनलमा भारतले बंगलादेशको सामना गर्नेछ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]