default_image

8 years ago

June 11, 2017

एसियन प्रिमियर लिगको अक्सन भोलि हुने

86 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – असार ५ गतेदेखि किर्तिपुरस्थित टि.यु. मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता एसियन प्रिमियर लिगको अक्सन भोलि हुने भएको छ। ६ टोलीको सहभागिता रहेको एपीएलमा १ सय ८ खेलाडीको सहभागिता रहनेछ।

प्रति टोली १८ खेलाडी रहने र प्रत्यक टोलीमा २ अन्तर्राष्ट्रिय स्तरका खेलाडी रहने पनि जानकारी दिइयो। प्रत्यक टोलीले आफ्नो सुरुवाती एघारमा २ अन्डर १९ खेलाडी अनिवार्य राख्नुपर्ने नियम रहेको छ। सबै टोलीका कप्तानको नाम भने निर्णय भइसकेको छ।

इन्डियन स्टार्सका कप्तान तिलकरत्ने दिल्सान रहेका छन् भने नेपाल स्टर्मको कप्तानी स्वप्निल पटेलले गर्नेछन्। श्रीलंकन लायन्सको कप्तानमा फरभिज महारुफ र बंगलादेश टाइगर्सको कप्तानमा अल अमिन होसेन रहेका छन्। यसैगरी दुबई वारियार्सको अब्दुल शकुर र अफगानिस्तान बुल्सको राना नाभिद अल हुसेनले नेतृत्व सम्हाल्नेछन्।

प्रतियोगिताको अक्सनमा दक्षिण एसियाली राष्ट्रका खेलाडीहरुले सहभागिता लिन पाउनेछन्। खेलाडीहरुको नामावली भने अक्सनपछि मात्र टुंगो लाग्ने जानकारी आयोजक कमिटिले दिएको छ। नेपाली खेलाडीहरुको बारेमा भने आयोजक कमिटीले विस्तृत रुपमा नखुलाएपनि केहि नेपाली खेलाडी अक्सनमा रहने जानकारी दिइयो।

अक्सनमा रहेका खेलाडीहरुलाई ३ स्तरमा बाँडिएको र स्तर अनुसार न्युनतम रकम तोकिएको पनि कार्यक्रममा जानकारी दिइयो। ‘क’ वर्गको खेलाडीको न्युनतम मूल्य ३० हजार भारु रहेको छ भने ‘ख’ र ‘ग’ वर्गले क्रमश: न्युनतम रु २० हजार भारु र ३० हजार भारु पाउनेछनन्।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.