default_image

8 years ago

June 11, 2017

नेपालमा ‘एसियन प्रिमियर लिग’को आयोजना हुने

97 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा यहि असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसियन प्रिमियर लिग हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषदको सहयोगमा हुने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। टोलीका नाम एवं कप्तानको नाम निम्नानुसार रहेका छन्:

नेपाल स्टर्म – स्वप्निल पटेल

इन्डियन स्टार्स – तिलकरत्ने दिल्सान

श्रीलंकन लायन्स – फरभिज महारुफ

बंगलादेश टाइगर्स – अल अमिन होसेन

दुबई वारियार्स – अब्दुल शकुर

अफगानिस्तान बुल्स – राना नाभिद अल हुसेन

प्रतियोगिताको उद्घाटन खेल असार ५ गते दिनको २ बजे हुनेछ।

प्रतियोगितामा दक्षिण एसियाका कुनै पनि देशका खेलाडीले भाग लिन पाउनेछन् भने अक्सनबाट टोलीको खेलाडीको निर्धारण गरिनेछ।

विस्तृत विवरण आज हुने एक कार्यक्रमपछि थाहा हुनेछ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.