8 years ago
June 10, 2017
पोखरा (हाम्रो खेलकुद)– स्पोन्सर यू १६ एकेडेमी कप क्रिकेट टि ट्वान्टी प्रतियोगिताको पहिलो दिन माछापुच्छ्रे क्रिकेट क्लब र पोखरा क्रिकेट एकेडेमी विजयी भएका छन् । पोखराको एमसिसी क्रिकेट मैदान भएको खेलमा माछापुच्छ्रेले स्याङ्जा क्रिकेट एकेडेमी ‘ए’ लाई २ विकेट र पोखराले रक ११ लाई ४१ रनले हराएको थियो ।
पोखरा क्रिकेट एकेडेमीका रोशन न्यौपाने ।
९९ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले १७.३ ओभरमा ८ विकेट गुमाएर जित हासिल गरेको थियो । टोलीका लागि सन्दीप छन्त्यालले ४६ बलमा सर्वाधिक ४४ रन बनाए । म्यान अफ दी म्याच बनेका सन्दीपले ४ छक्का र १ चौका प्रहार गरेका थिए । किरण पौडेलले १२ रन जोडे । स्याङ्जाका अमित सवेदीले ३ र सुगम गौतमले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको स्याङ्जाले ५ विकेटको क्षेतिमा ९८ रन बनाएको थियो । टोलीका विशाल विकेले ४३ बलमा ३ चौकाका साथ २२ रन र सुगमले १९ रन जोडे । माछापुच्छ्रेका कृष्ण र विक्रमले समान १ विकेट लिए ।
अर्को खेलमा नवीन कार्की र मेखबहादुर सेनको अलराउन्ड प्रदर्शनले पोखरा विजयी भएको थियो । १ सय ११ रनको लक्ष्य पछ्याएको रक ११ ले १६.५ ओभरमा ६९ रन मात्र बनाउन सक्यो । रक ११ का लागि शैलेश मगरले १६, कुशल भट्टराईले १० रन बटुले । पोखराका नवीन कार्कीले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए । मेखबहादुर सेनले ४ ओभरमा १ मेडन राख्दै १३ रन दिएर ३ विकेट झारे ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले ९ विकेटको क्षेतिमा १ सय १० रन बनाएको थियो । मेखले २५ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । नवीनले १६ बलमा २ छक्का र त्यतिनै चौकामा २१ रन बटुले । नवीन खेलेको म्यान अफ दी म्याच चुनिए । रकका सुजन गौतमले २ र सुशान्त राईले १ विकेट लिए ।
खुकुरी इन्टनरटेन्ट एन्ड देवीबास इभेन्ट्स एन्ड मिडिया र माछापुच्छे« क्रिकेट क्लबको प्रतियोगितालाई स्पोर्टस ड्रिन्क स्पोन्सरले प्रायोजन गरेको छ । प्रतियोगिताको विजेता टोलीले ७५ हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्म्यान घोषित गरि पुरस्कृत गरिनेछ । प्रतियोगितामा एनआसी एसिया बैंक, पोखरा इन्टरनेट,मोमेन्टो कन्र्सन तथा एमएम स्पोर्टस गुड्स, टिपटप स्विट्स एन्ड बिवानको पनि सहयोग रहेको छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]