8 years ago
June 10, 2017
एजेन्सी – शकिब अल हसन र महमुदुल्लाहले पाँचौ विकेटका लागि २ सय २४ रनको साझेदारी गरेपछि बंगलादेशले न्युजिल्यान्डलाइ ५ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफी को दोश्रो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।
२ सय ६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बंगलादेशले पारीको दोश्रो बलमै फर्ममा रहेका ओपनर तामिम इकबाललाई गुमाएको थियो। एक समय ३३/४को स्थितिमा रहेको बंगलादेश हारतर्फ उन्मुख देखिएको थियो। तर मध्यक्रममा २ ब्याट्सम्यानले शतकीय पारी खेल्दै उत्कृष्ट साझेदारी गरेपछि बंगलादेशले जित हात पार्यो। शकिबले १ सय १५ बलमा ११ चौका र १ छक्काको मद्दतले १ सय १४ रन जोडे भने महमुदुल्लाहले १ सय २ रन बनाए।
न्युजिल्यान्डका टिम सौथीले शीर्ष ३ ब्याट्सम्यानलाई सस्तैमा पेभेलियन फर्काउँदै खेलमा न्युजिल्यान्डलाई अग्रस्थानमा राखेका थिए। ट्रेन्ट बोल्ट र एडम मिल्नले १/१ विकेट लिए। बंगलादेशले १६ बल बाँकी छदै खेल जितेको थियो।
यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन जोडेको थियो। केन विलियमसन र रस टेलरले अर्धशतक बनाउँदै न्युजिल्यान्डको पारी सम्हालेका थिए। कप्तान विलियमसनले ५७ रङ बनाए भने टेलरले ६३ रङ जोडे। निल ब्रुम्ले ३६, मार्टिन गप्तिलले ३३ र जेमी निसामले २३ रनको योगदान दिए।
बंगलादेशका लागि मोसाड्डेक होसेनले ३ विकेट लिए भने तस्किन अहमदले २ विकेट हात पारे।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]