8 years ago
June 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – प्रथम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत ४ व्यक्तिगत उपाधिमध्य पश्चिमाञ्चल र आर्मीले २/२ उपाधि जितेका छन्। म्यान अफ द सिरिजलाई १ लाख रुपैयाँ पुरस्कार राखिएको थियो भने उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५० हजार रुपैयाँ जितेका थिए।
सुशन, सागर र सौरभ
प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि आर्मीका अलराउन्डर सागर पुनले जिते। टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका सागरले ब्याट र बल दुवैबाट राम्रो प्रदर्शन गरेका थिए। सागरले ब्याटिङतर्फ ५ खेलमा १ सय २६ रन जोडे भने बलिङतर्फ १४ विकेट लिए। प्रतियोगिताको सर्वाधिक रन बटुल्नेखेलाडीको सुचीमा चौथो रहेका सागर बलिङमा भने दोश्रो स्थानमा रहे।
यसैगरी आर्मीकै सुशन भारी प्रतियोगिताको उत्कृष्ट बलर घोषित भए। उनले फाइनलसम्मको यात्रामा आर्मीका लागि ५ खेलमा १४ विकेट लिएका थिए। ३१.२ ओभर बलिङ गरेका सुशनले ५ मेडन राख्दै ३.८९को इकोनोमीमा १ सय २२ रङ खर्चेका थिए। उनले ८.७१को औसतमा विकेट लिएका थिए। पुलिस विरुद्ध उनले गरेको ६/१६को प्रदर्शन प्रतियोगिताकै उत्कृष्ट बलिङ प्रदर्शन पनि हो।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पश्चिमाञ्चलका सौरभ खनाल भए। ४ खेलमा ब्याटिङ गरेका सौरभले १ सय ३५ रनको औसतमा २ सय ७० रन जोडेका थिए। उनले प्रतियोगितामा ३ अर्धशतक पनि बनाए। १ सय ३४.३२को स्ट्राइक रेटमा रङ जोडेका सौरभले १० चौका र २७ छक्का प्रहार गरेका थिए।
यसैगरी प्रतियोगिताको उदयमान खेलाडीको उपाधि पश्चिमाञ्चलका बिपिन खत्रीले पाए। ४ खेलमा ८ विकेट लिएका बिपिनले ३५ ओभर फ्याँकेका थिए। २.७४को इकोनोमीमा ९६ रङ खर्चेका उनले १२को औसतमा विकेट लिएका थिए। उनले नगद २५ हजार प्राप्त गरे।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]