8 years ago
June 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – प्रथम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत बिहिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुँदैछन्।
किर्तिपुरस्थित टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने खेलमा बिनोद भण्डारीको कप्तानीमा रहेको त्रिभुवन आर्मी क्लबले मन्जित श्रेष्ठको कप्तानीमा रहेको नेपाल पुलिस क्लबको सामना गर्नेछ। प्रतियोगिताको एकमात्र अपराजित टोली रहेको त्रिभुवन आर्मी क्लब समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो। मंगलबार भएको सेमीफाइनलमा पश्चिमाञ्चलविरुद्ध ४ विकेटको रोमान्चक जित हात पार्दै आर्मीले फाइनल यात्रा तय गरेको थियो।
समूह ‘बी’कै उपविजेता रहेको पुलिसले लिग चरणको अन्तिम खेलमा आर्मीविरुद्ध ७ विकेटको हार व्येहोरेको थियो। सेमिफाइनलमा समूह ‘ए’को विजेता सशस्त्र प्रहरी बल (एपिएफ)लाइ १६ रनले पराजित गर्दै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
नगद २० लाख रुपैयाँ विजयी पुरस्कार रहेको प्रतियोगिताको उपविजेता टोलीले १० लाख रुपैयाँ पाउनेछ। यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद रु. १ लाख पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ५०/५० हजार रुपैयाँ जित्नेछन्।
वर्षाका कारण खेल हुन नसकेको अवस्थामा भने दुवै टोलीले उपाधि बाँड्नेछन्।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]