default_image

8 years ago

June 5, 2017

बर्षाले प्रभावित खेलमा एपिएफलाई हराउदै पुलिस फाइनलमा

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) । विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा वर्षाले प्रभावित बनेको खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई डगवर्थ लुईस पद्दतिका आधारमा ३४ रनले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।

पुलिसले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको एपिएफले २८.३ ओभरमा ६ विकेट गुमाएर १ सय ३८ रन बनाएर खेलिरहेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि एफिएफले २८.३ ओभरमा १ सय ७३ रनको लक्ष्य पाएको थियो । नयाँ लक्ष्य पाउनु अघि नै एपिएफले निर्धारित ओभर खेल्दै १ सय ३८ रन बनाएको थियो ।

त्यसअघि एपिएफका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधि ४५ रन बनाएका थिए । सन्दिप सुनार ३६ रनमा आउट हुदा पृथु बास्कोटा १९ रनमा पभेलियन फर्किए । ओपनर सुवास खकुरेल १७ तथा आसिफ शेख १६ रनमा आउट भए । पुलिसका ललित राजवंशीले तीन तथा सुशिल कंडेलले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५२ रनको योगफल तयार पारेको थियो । पुलिसका लागि म्यान अफ द म्याच कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सिद्धान्त लोहनीले ४०, दिपेन्द्र सिंह ऐरी ३७ रनमा आउृट भए ।

ओपनर सुनिल धमला र अमित श्रेष्ठले समान २६–२६ रन बनाएर आउट भए । कप्तान मञ्जित श्रेष्ठ २२ रन बनाएर आउछ हुदा दिलीपनाथ १३ रनमा पभेलियन फर्किए । एपिएफका अनिल कुमार शाहले तीन विकेट लिए । ज्ञानेन्द्र मल्ल र अरुन ऐरीले समान दुई–दुई तथा भुवन कार्की र अविनाश बोहराले समान एक–एक विकेट लिए ।

प्रतियोगिता अन्र्तगत दोस्रो सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चलको सामना गर्नेृछ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.