8 years ago
June 5, 2017
एजेन्सी – वर्षाले पटक पटक खेलमा बाधा ल्याएपनि भारतले आइसीसी च्याम्पियन्स ट्रफी २०१७को पहिलो खेलमा चिर परिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ एण्ड लेविस पद्दति अनुसार १ सय २४ रनको भारी अन्तरले पराजित गरेको छ।
टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय पाकिस्तानको लागि खासै राम्रो रहेन। भारतीय ब्याटिङको क्रममा २ पटक पानी परेपछि अम्पायरले खेललाई ४८ ओभरमा झारेका थिए। पहिलो विकेटका लागि ओपनरद्वय शिखर धवन र रोहित शर्माले १ सय ३६ रनको साझेदारी गरेका थिए। धवनले ६५ बलमा ६८ रन बनाएका थिए। अर्का ओपनर रोहित शर्माले १ सय १९ बल खेल्दै ९१ रनको उत्कृष्ट पारी खेले। तेश्रो नम्बरमा अविजित रहेका कप्तान विराट कोहलीले ६८ बलमा आक्रामक ८१ रन बनाएका थिए।
युवराज सिंहले ३२ बलमा ५३ रन बनाउँदा हार्दिक पाण्ड्याले ६ बल खेल्दै २० रन बनाए। भारतले निर्धारित ४८ ओभर खेल्दै ३ विकेटको क्षतिमा ३ सय १९ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले राम्रो सुरुवात पाएपनि मध्यक्रममा सम्हालिएर नखेलेपछि ३४औं ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ६४ रनमात्र जोड्न सफल रह्यो। वर्षाका कारण पाकिस्तानलाई ४१ ओभरमा २ सय ८९ रनको लक्ष्य प्राप्त भएको थियो। ओपनर अजहर अलिले ६५ बलमा ५० रन जोडेका थिए भने मोहमद हफिजले ३३ रन बनाए। अन्य कुना ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसकेपछि भारत विजयी भएको थियो।
भारतका लागि उमेश यादवले ३ विकेट लिए भने हार्दिक पाण्ड्या र रबिन्द्र जडेजाको नाममा २/२ विकेट रह्यो। भुवानेश्वर कुमारले पनि १ विकेट लिए।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]