8 years ago
June 3, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए।
टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय ९१ रन जोड्दै अलआउट भएको थियो। उसका लागि कप्तान केन विलियमसनले शतक बनाएका थिए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विलियमसनले ९७ बलमा ८ चौका र ३ छक्काको मद्दतले १ सय रन जोडेका थिए। उनलाई ओपनर लुक रोंचीले ६५ रन र रस टेलरले ४६ रङ बनाएर साथ दिएका थिए। माथिल्लो श्रेणीका ब्याट्सम्यानले राम्रो सुरुवात गरेपनि तल्लो श्रेणीका ब्याट्सम्यान सस्तैमा आउट भएपछि न्युजील्याण्डले राम्रो अन्त्य गर्न सकेन। उसले ३७ रनको अन्तरमा अन्तिम ७ विकेट गुमाएको थियो।
पहिलो पारीको १०औं ओभरमा बर्षाले खेलरोकेपछि खेल ४६ ओभरमा छोट्याइएको थियो। अष्ट्रेलियाका लागि जोस हेजलवुडले ९ ओभरमा ५२ रङ खर्चदै ६ विकेट लिए। जोन हेस्टिङ्सले २ विकेट लिए भने प्याट कमिन्सको नाममा १ विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले पुन: वर्षाका कारण खेल रोकिएपछि ३३ ओभरमा २ सय ३५ रनको लक्ष्य पाएको थियो। ओपनर डेविड वार्नरलाइ १८ रनमा गुमाएको अष्ट्रेलियाले राम्रो सुरुवात पाउन सकेन। लगत्तै अर्को ओभरमा आरोन फिन्च ८ रनको स्थितिमा आउट भएपछि अष्ट्रेलिया संकटमा परेको थियो। खेलको नवौं ओभरमा मोसेस हेनरिकेस आउट भएसँगै वर्षा सुरु भएपछि खेल रोकिएको थियो।
तर त्यसपछि वर्ष रोकिएन र खेलमा दुवै टोलीले १/१ अंक बाँडेका थिए।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]