8 years ago
June 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नितेन मेमोरियल स्कुलले माइक्रोम्याक्स अन्तरस्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भेलोसिटी एरिनामा शुक्रबार भएको फाइनलमा डिएभीलाई ३ विकेटले हराउँदै नितेन मेमोरियलले उपाधि जितेको हो ।
विजेता नितेन मेमोरियलका खेलाडी उपधिका साथ ।
८७ रनको लक्ष्य पछ्याएको नितेन मोमोरियलले १४ ओभरमा ५ विकेट गुमाउँदै ८८ रन जोडेको थियो । टोलीका लागि सुमन लिम्बुले २३ बलमा २३ रन बनाए भने सुरज राना मगरले २२ बलमा १८ रन जोडे । डिएभीका सुमन श्रेष्ठले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको डिएभीले ११.१ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । टोलीका लागि आदित्य अग्रवालले १५ रन बनाएका थिए । नितेन मेमोरियलका जितेन तामाङले २ विकेट लिए । नितेन मेमोरियलका सुमन लिम्बु म्यान अफ दी म्याच घोषित भए ।
त्यसअघि आजै सेमिफाइनलमा नितेन मेमोरियल ग्रीन लज एकडेमीलाई सुपर ओभरमा तथा डिएभिले उज्वल शिशु निकेतनलाई २५ रनले हराउँदै फाइनल भेट पक्का गरेका थिए ।
भ्याकुत्ते प्रोडक्सनले आयोजना गरेको प्रतियोगितामा सय रन बनाउँनुका साथ ५ विकेट लिएका डिएभीका समन श्रेष्ठ म्यान अफ दी सिरिज घोषित भए । ९९ रन बनाउका एपिआइ स्कुलका रेउल श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान १० विकेट लिएका नितेन मेमोरियलका जितेन तामाङ उत्कृष्ट बलर घोषित भए ।
ग्रीन लजका विभक्त लम्साल इमर्जिङ प्लेयर र उज्वल शिशुका क्रिस अधिकारी उत्कृष्ट फिल्डर घोषित भए । नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष बालुवाटार क्रिकेट एकेडमीका अध्यक्ष उपेन्द्र भट्टराईले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
उपविजेता डिएभीका खेलाडी ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]