8 years ago
June 2, 2017
बर्मिघम (एजेन्सी)–इङ्ल्यान्डमा जारी च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा आज न्यूजिल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ । प्रतियोगिताको पहिलो खेलमा बिहीबार इङ्ल्यान्डले बंगलादेशलाई हराएको थियो ।
जोस हाज्लेवुड , प्याट कमिन्ग्स , मिसेल स्टार्क र जेम्स प्याटिसन गरि चार फास्ट बलरहरु चोटबाट फर्किएको अस्ट्रेलिया उच्च मनोबलका साथ उत्रनेछ । तर सबै चार खेलाडीलाई एकै पटक खेलाएर जोखिम नउठाउन अस्ट्रेलियाले नलिन पनि सक्छ ।
अस्ट्रेलियाले कप्तान स्टिभ स्मिथ र डेभिड वार्नर सहितको बलियो ब्याटिङ लाइनअपमा क्रिस लिन पनि खेल्ने सम्भावना छ । लिनले कोलकाता नाइटराइडर्सबाट भारतीय क्रिकेट लिग (आइपिएल) मा उच्च प्रदर्शन गरेकै कारण उनले मौका पाउने सम्भावना बलियो देखिएको हो ।
अर्को तिर न्यूजिल्यान्डको टोलीमा टिम साउथी तथा ट्रेन्ट बल्ट जस्ता बलर छन् । इङ्ल्यान्डमा राम्रो प्रदर्शन गरेका यनी दुई बल टोलीका लागि सधै महत्वपूर्ण खेलाडी रहँदै आएका छन् ।
चार वर्षअघिको च्याम्पियन्स ट्रफीमा बर्मिघममा नै इङ्ल्यान्डसँगको खेलमा अस्ट्रेलिया निराश बन्नु परेको थियो । यसपटक अस्ट्रेलिया विजयका साथ जितको सुरुआत गर्ने लक्ष्यका साथ उत्रने तयारीमा छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]