8 years ago
June 1, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी २०१७ अन्तर्गत बिहिबार भएको उद्घाटन खेलमा आयोजक टोली इङ्ल्याण्डले बंगलादेशले ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
टस जितेर फिल्डीङ रोजेको इङल्याण्डले राम्रो सुरुवात पाउन सकेको थिएन। ओपनर तमिम इकबालले शतकिय पारी खेलेपछि बंगलादेशले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको थियो। इक्बालले १ सय ४२ बल खेल्दै १२ चौका र ३ छक्काको मद्दतले १ सय २८ रन बनाएका थिए। उनले ७९ रन जोडेका मुशफिकर रहिमसँग तेश्रो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेपछि बंगलादेशले बलियो स्कोर बनाएको थियो।
बंगलादेशका लागि ओपनर सौम्य सरकारले २८, सब्बिर रहमानले २४, इम्रुल केयसले १९ र शकिब अल हसनले १० रन बनाएका थिए। इङ्ल्याण्डका लागि लियाम प्लंकेटले ४ विकेट लिएका थिए भने जेक बल र बेन स्टोक्सको नाममा १/१ विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको इङल्याण्डले सुरुवातमै ओपनर जेसन रोयलाई १ रनको स्थितिमा गुमाएको थियो। त्यसपछि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका जो रुट र एलेक्स हेल्सले दोश्रो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेका थिए। ९५ रनको स्थितिमा लामो सट प्रहार गर्ने धुनमा हेल्स क्याचआउट भएका थिए। त्यसपछि ब्याटिङ गर्न आएका कप्तान ओइन मोर्गनले रुटसँग मिलेर अविजित १ सय ४३ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याएका थिए।
रुटले १ सय २९ बलको सामना गर्दै ११ चौका र १ छक्काको मद्दतले अविजित १ सय ३३ रन जोडे। कप्तान मोर्गनले पनि ६१ बम अविजित ७५ रन बनाए। बंगलादेशका लागि कप्तान मोर्ताजा र सब्बिर रहमानले विकेट लिएका थिए। इङगल्याण्डले १६ बल बाँकी छंदा २ विकेट गुमेर लक्ष्य प्राप्त गरेको थियो।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]