7 years ago
June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपश्चिमाञ्चल विरुद्ध सहज जित दर्ता गर्दै पश्चिमाञ्चल राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय पूरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिता अन्तर्गत बिहिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफसँग वर्षाले प्रभावित पहिलो खेलमा पराजित भएको पश्चिमाञ्चलले त्यसपछि मध्यमाञ्चललाई पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्य पश्चिमाञ्चलले ११.१ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । पश्चिमाञ्चलका लागि ओपनर अनिल गुरुङ २३ रन तथा नुरध्वज सेन १९ रनमा अविजित रहे । अघिल्लो दुई खेलमा अर्धशतक पुरा गरेको सौरभ खनाल २० रनमा अमरसिंह राउटेलाबाट क्याच एण्ड बोल्ड भए । ८ बल खेलेका सौरभले दुई चौका र दुई छक्का प्रहार गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मध्यपश्चिमले खराव प्रदर्शन गर्दा २३ ओभरमा ६२ रन बनाएर अलआउट हुन पुगेको थियो । मध्यपश्चिमका तीन ब्याट्सम्यान सुवेन्दु पाण्डे, राजविर सिंह र अमर सिंह राउटेलले समान १३–१३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान पश्चिमाञ्चलको कसिलो ब्याटिङसामु निरिह देखियो । राजविर १३ रनमा अविजित रहे । प्रज्वल शाही र आकाश विष्ट समान ९–९ रनमा आउट भए । ६ ब्याट्सम्याले रनको खाता नै खोल्न सकेनन् । मध्यपश्चिमलाई सस्तैमा समेट्न ‘म्यान अफ दि म्याच’ बनेका विपिन खत्री र लाल अधिकारीले समान ४–४ विकेट लिए । कृष्ण कार्कीले दुई विकेट आफ्नो नाममा लेखाए ।
जितपछि पश्चिमाञ्चल समूह ‘ए’ मा चार अंकसहित शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी रहेको नेपाल एपिएफ क्लबले मध्यपश्चिम र मध्यमाञ्चलसँग खेल्न बाँकी छ । दुवै खेल जिते एपिएफ समूह विजेता र पश्चिमाञ्चल समूह उपविजेता बन्नेछ । मध्यपश्चिम र मध्यमाञ्चलको समान एक–एक अंक छ । समूह ‘बी’ बाट त्रिभुवन आर्मी समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ।
प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । समूह ‘बी’ बाट आर्मी र पुलिस सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
November 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को फ्रेन्चाइजी चितवन राइनोजले टोलीको जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेको छ । सोमवार चितवनले एक कार्यक्रमका बीच टोलीको जर्सी, एन्थम र मस्कट सार्वजनिक गरेको हो । चितवनका मार्की खेलाडी कुशल मल्ल तथा भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालले जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेका हुन् । चितवनको मस्कटमा […]
November 18, 2024
जनकपुर (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमवार साँझ जर्सी अनावरण गरे। मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख […]
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गरेको छ । क्यानले मंसिर १५ देखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म संचालन गर्नेछ । एनपिएलको लिग चरणको खेल पुष १ गतेसम्म हुनेछ । यसका लागि लिग चरणको १७ दिनमा २ […]