8 years ago
June 1, 2017
एजेन्सी – अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा दोश्रो ठुलो प्रतियोगिताका रूपमा हेरिंदै आएको आइसीसी च्याम्पियन्स ट्रफीको आठौं संस्करण भोलीदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ। मिनी विश्वकपका रुपले चर्चित यस प्रतियोगितामा एकदिवसीय क्रिकेटको शीर्ष ८ स्थानमा रहेका देशहरुको सहभागिता रहनेछ।
ओभल मैदानमा आयोजक इङ्ल्यान्ड र बंगलादेशबिचको उद्घाटन खेलसँगै प्रतियोगिताको सुभारम्भ हुनेछ। समूह ‘ए’ मा आयोजक टोली इङ्ल्यान्डसँगै अस्ट्रेलिया, न्युजिल्यान्ड र बंगलादेश समावेश छन्।समूह ‘बी’मा भने साविक विजेता भारतसँगै पाकिस्तानम दक्षिण अफ्रीका र श्री लंका रहेका छन्। वरियताको शीर्ष ८ मा पर्न असफल वेष्ट इन्डिज प्रतियोगितामा सामेल छैन।
प्रतियोगिता अन्तर्गत समुह चरणबात शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् र एक अर्काको समूहका विजेता र उपविजेताले फाइना प्रवेशका निम्ति खेल्नेछन्।
प्रतियोगिताको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको आयोजक कमिटीले जानकारी दिएको छ। गत साता म्यानचेस्टरमा भएको आत्मघाती हमलाका कारण बेलायती सरकारले सुरक्षा व्यवस्थामा जोड दिन विशेष निर्देशन दिएको थियो।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]